पोखरा । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा ७१ हजार ८ सय ७१ मतदान गर्न पाउने भएका छन् । तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुन लागेको हो ।
देशका अन्य क्षेत्र सहित साढे ४ लाख मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावली अनुसार उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ मतदाता रहेका छन् ।जस मध्ये २ लाख ३३ हजार ४ सय २ महिला र २ लाख २० हजार ७ सय १० जना पुरुष छन् । त्यस्तै २ जना समलिंगी तेस्रोलिंगी मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै प्रदेशसभा सदस्य पदको उपनिर्वाचन हुने भक्तपुरको निर्वाचन क्षेत्रमा ४५ हजार १५, बाग्लुङको निर्वाचन क्षेत्रमा ३६ हजार ९ सय २२६ र दाङको निर्वाचन क्षेत्रमा ७३ हजार १ सय ७२ मतदाता रहेका आयोगका प्रवक्ता गिरिजा शर्माले जानकारी दिएका छन् ।
मंसिर १४ गते प्रतिनिधिसभाको १, प्रदेशसभाको ३, नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउाँलिका उपाध्यक्ष १ र गाउँपालिका तथा नगरपालिकाका वडाअध्यक्ष ४३ गरी कुल ५२ पदमा निर्वाचन हुँदैछ ।आयोगले उपनिर्वाचन हुने ३७ जिल्लाका सम्बन्धित निर्वाचन क्षेत्रमा कुल २ सय ४७ स्थलमा ५ सय ३७ निर्वाचन केन्द्र राखेको आयोगका प्रवक्ता शर्माले जानकारी दिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन