पोखरा । सरकारले सडक सञ्जाललाई सुरक्षित, छोटो छरितो बनाउन यो वर्ष १३ वटा सुरुङमार्ग अन्डरपासको सम्भाव्यता अध्ययन गर्ने भएको छ । तीमध्ये ८ सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ भने ५ वटाको बाँकी छ । भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको वार्षिक कार्यक्रममा चालु आर्थिक वर्षमा १२ सुरुङमार्गको अध्ययन गर्ने उल्लेख गरेको छ ।
तीमध्ये पोखरा–बागलुङ सडकखण्डमा पर्ने नयाँपुल–हेम्जा सुरुङमार्ग पनि प्राथमिकतामा परेपछि गण्डकी-धवलागिरि क्षेत्रका बासिन्दा उत्साहित बनेका छन्। दूरीका हिसाबले पर्वतको कुश्मादेखि पोखरासम्म ५८ किलोमिटर रहेको छ। यसअघि पर्वतको कुश्मा नगरपालिका–८ दोविल्लादेखि पोखराको पामेसम्म सुरुङमार्गले जोड्न प्रस्ताव गरिएको थियो। अहिले सम्भाव्यता अध्ययन गर्न थालिएको नयाँपुल–हेम्जाको दूरी झण्डै ४० किलोमिटर रहेको छ। तर, सुरुङमार्ग निर्माणपछि आठदेखि १० किलोमिटरको दूरीमा जोडिने अनुमान गरिएको छ।
प्रस्तावित १३ सुरुङमार्ग यी हुन् ।
१ हेम्जा–नयाँपुल (पोखरा–बागलुङ सडक)
२ टोखा–छहरे–गुर्जे भन्ज्याङ
३ कोटेश्वर–जडीबुटी
४ खुर्कोट–चियावारी (सिन्धुली)
५ कैलाली खुटिया–बीपीनगर–दियायल खण्ड
६ थानकोट–चित्लाङ
७ गोदावरी (ललितपुर)–मानेचौर (काभ्रे)
८ नयाँ बनेश्वरमा अन्डरपास
९ कुलेखानी–भीमफेदी
१० बुटवल–सिद्धबाबा
११ दोलखाको लामाबजर
१२ बुटबल–नारायणगढको दाउन्ने खण्ड
१३ बेत्रावती–घट्टेखोला (स्याफ्रुबेसी)
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’