पोखरा काजीपोखरीमा पेय पद्धार्थ बोकेको भ्यान सडकमै पल्टियो

पोखरा काजीपोखरीमा पेय पद्धार्थ बोकेको भ्यान सडकमै पल्टियो

kajipokharai acc

पोखरा महानगरपालिका १४ स्थित काजीपोखरीको सडकमा बुधबार विहान चिसो पेय पद्धार्थ बोकेको भ्यान सडकमै पल्टिएको छ ।

बिहान १० बजेतिर भएको सो दुर्घटनामा चालक र सवार अरु कामदारहरुलाई भने केही नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ । दुर्घटनापछि प्रायः चिसो पेय पद्धार्थ फुटेर सिसा छरपस्टै भएका थिए भने टाटा भ्यानमा पनि क्षति पुगेको छ । सिसा संकलनका लागि कम्तिमा २ घण्टा लागेको र सो समयसम्म सडकमै आवतजावतमा समस्या भएको स्थानीयले जानकारी दिए ।

तस्विरः विक्रम राईभाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ