तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले तिहारमा रातको १० बजेभन्दा पछि देउसीभैलो खेल्न नपाउने व्यवस्था गरेको छ । रातको १० बजेसम्म मात्र देउसीभेैलो लगायतका तिहारमा हुने साँस्कृतिक कार्यक्रम गर्न सकिने कार्यालयले सूचना जारी गरेको हो।
बुधवार सार्वजनिक सुचना जारी गर्दै रातको समयमा सुरक्षामा हुने प्रतिकुुल असर रोक्न यस्तो निर्णयमा पुुगेको कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार होटल तथा रेस्टुरेन्ट राति १० बजे सम्म मात्रै संचालन गर्न पाइने छ । तिहार पर्वमा भुुईचम्पा, पटका र आतिसवाजी जस्ता बिस्फोटक पर्दाथको प्रयोग नगर्न सबैलाई सचेत गराइएको छ ।
साथै माइकिङ तथा साउण्ड सिस्टम संचालन गर्दा छिमेकी लाई असर नपर्ने गरि संचालन गर्न प्रशासन गरेको छ ।
यस्ता बिस्फोटक पर्दाथको प्रयोगले सर्वसाधारणको स्वास्थ्यमा गंभिर असर पर्न जाने तथा चोटपटक लाग्ने र आगलागि भई ठूलो जनधनका क्षति हुने गरेको भन्दै प्रशासन कार्यालयले यसको नियन्त्रणमा जोड दिईएको जनाएको छ ।
सुचनामा यस्ता बिस्फोटक पर्दाथको उत्पादन, आयात, निर्यात, बिक्री र प्रयोगमा कडाई गरिएको उल्लेख गर्दै वालबच्चाले गर्ने प्रयोग समेत तत्काल रोक्न आग्रह गरिएको छ ।
साथै जुवा, तास, लंगुरबुर्जा लगाएत जुवा जन्य खेल नखेल्न नखेलाउन अनुरोध गरिएको छ । चाडपर्वको नाउमा मादकपदार्थ खाई सार्वजनिक स्थानमा हो हल्ला नगर्न समेत अनुरोध गरेको छ ।
प्रशासनको अनुुरोधलाई बेवास्ता गरेर बिस्फोटक पर्दाथको प्रयोग वा निर्धारित समयपछि सम्म देउसी भैलोलगायतका साँस्कृतिक कार्यक्रम गर्ने उपर कानुनी कारवाही गर्ने समेत सुचनामा उल्लेख छ ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
नवौं संस्करणको वालिङ महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो