पोखरा । असोज ३० गते रातिको साढे ११ बजेको थियो । कास्की घर भएका गणेश अधिकारी साथीभाइसँग गफमा व्यस्त थिए । काठमाडौं बसेर पढिरहेका उनी चाड मान्न घर फर्किएका थिए । भोलिपल्ट काठमाडौं जाने तयारी थियो ।
हिँडेर काठमाडौं पुग्नु थियो । हिँडेर काठमाडौं जानुमा पनि थुप्रै उद्देशय बोकेका गणेशलाई त्यस रात निद्रा लागेन । साथीसँगको गफगाफमै उनी निदाए ।कार्तिक महिनाको पहिलो दिन । बिहान साढे ४ बजे गणेशलाई निद्राले छोड्यो । उनी उठेर सबै तयारी गरेर साथीहरुसँग पृथ्वीचोक आइपुगे । घडीमा ७ बज्दै थियो ।
अन्नपूर्ण गाउँपालिका घर भएका उनलाई पृथ्वीचोकमा बिदाई गर्ने कार्यक्रम थियो । अरु दिनभन्दा फरक देखिएका थिए गणेश । ‘युवा पलायन र भ्रष्टाचार विरुद्ध जागरण अभियानमा’ पैदलयात्रा गरेर प्रदेश राजधानीबाट संघीय राजधानी निस्कदै थिए । त्यत्तिकैमा बिदा गरियो उनलाई ।
गाडीमा काठमाडौं आवतजावत गर्ने गरेका उनका लागि नयाँ अनुभव थियो काठमाडौंसम्मको पैदलयात्रा । हिँडर काठमाडौं जानु नौलो विषय भने होईन । सन् १९७४ मा बनेको पोखरा काठमाडौं जोड्ने पृथ्वी राजमार्ग नबन्दा त्यसबेला हिँडेरै जाने गरिन्थ्यो ।
राजमार्ग नबन्दा काठमाडौं जान जहाजको प्रयोग गरिन्थ्यो । हुने खाने जहाजमै जान्थे । अरु भने हिँडेरै पुग्थे । अहिले त काठमाडौं पुग्न पनि सहज भैसक्यो । त्यसबेला बाध्यता बनेको हिँडेर जाने काम अहिले अभियान बनेको छ ।

उनले पनि अभियान नै सुरु गरे । युवा पलायन र भ्रष्टाचार विरुद्ध हिँडेका उनी पहिलो दिन व्यास भूमि दमौलीमा बास बसे । व्यास भूमि पुग्दासम्म उनलाई अचम्म मानेर हिँड्नेदेखि सोधपुछ गर्ने पनि भेटिए ।
दोस्रो दिन ६ बजे गन्तव्यतर्फ लागे । पहिलो दिन साथीको घरमा बास बसेका उनी दास्रो दिन कुरिन्टारको एउटा होटलमा बास बसे । भोलिपल्ट पनि बिहानै त्यहाँबाट हिँडेका उनले तेस्रो रात धादिङको गल्छीमा बिताए ।
यसरी चार दिन हिँडेर कार्तिक ४ गते काठमाडौं छिरेका गणेशलाई त्रिविमा साथीभाइले स्वागत गरे । हिँडेर काठमाडौं पुगेका उनी विद्यार्थी मात्र होईनन् । कराँतेका ब्लयाक बेल्ट उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई दर्जन पदक जितेका छन् ।
‘नेपालमा थुप्रै सम्भावना छन् तर भएका स्रोतसाधनको सदु¥योग हुन नसकेको मात्र हो,’ उनी भन्छन्, ‘भ्रष्टचार र युवा विदेश पलायन हुनाले देश पछाडि परेको हो ।’ अभियानकै क्रममा देशमा नै केही गर्नुपर्छ भन्ने नागरिक पनि भेटेको उनी बताउँछन् ।

‘लामो दुरी पार गरेर जाँदा अन्तरक्रिया पनि गरेँ, देश बनाउनुपर्छ भन्ने पनि भेटेँ,’ उनले भने, ‘यात्राको क्रममा भेटिनु भएकाहरुले खुब चासो दिनुभयो ।’ आगामी दिनमा पनि यस्तै अभियानलाई निरन्तरता दिने उनी बताउँछन् ।
२६ वर्षीय उनले यसअघि पनि चेलिबेटि बेचबिखन विरुद्ध अभियान चलाएका थिए । ‘देश बनाउन एकजनाले मात्र प्रयास गरेर हँदैन, सबैको प्रयास आवश्यक हुन्छ,’ उनी भन्छन् ।
- अनुप पौडेल, बिग खबर डटकमबाट
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो