पोखरा । कास्की प्रहरीलाई आरोप लाग्ने गर्छ, ‘अन्य ठाउँका यौन व्यवसाय मात्र देख्छन्, लेकसाइडका होटलहरुमा हुने गरेको देख्दैनन् । यस्तै, जुवा तास पनि अन्य ठाउँमा खेले पक्रिन्छन्, लेकसाइडमा छुट छ ।’ दुई साता अघि होटल गुडविलबाट यहाँ चिनिएका नामहरुलाई पक्राउ गरी वाहवाही कमाएको प्रहरीले लेकसाइडको अर्को होटलमा छापा मारी ९ जना पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–६, लेकसाइड पहारीमार्ग्स्थित छवि पौडेलले सञ्चालन गरेको होटल क्रिष्टल प्यालेसमा कास्की प्रहरीको टोलीले शनिबार साँझ छापा मारेको थियो । जुवा खेलिरहेको अवस्थामा १० लाख बढी नगद सहित ९ जना पक्राउ परे । उक्त ठाउँबाट १० लाख ५८ हजार ५ सय १० रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।
जुवा खेलाउने छवि पौडेलसहित ९ जनालाई पक्राउ गरी थप कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

तस्विर ताण्डव न्यूजबाट
पक्राउ पर्नेमा सर्लाही घर भई पोखरा ६ बस्ने ३९ वर्षीय छवि पौडेल, पोखरा २३ बस्ने वर्ष ४२ का ठाकुर गुरुङ, पोखरा १७ का ४४ वर्षीय बमबहादुर थापा, स्याङ्जा घर भई पोखरा १७ बस्ने वर्ष ३४ का सूर्य क्षेत्री, स्याङ्जा घर भई पोखरा २६ बस्ने वर्ष ३४ का गुमबहादुर गुरुङ, पोखरा ३ बस्ने वर्ष ३१ का रोहित घले, पोखरा १ बस्ने वर्ष ३५ का श्याम श्रेष्ठ, पर्वत घर भई पोखरा १५ बस्ने वर्ष ४० का गणेशबहादुर मल्ल र मुस्ताङ घर भई पोखरा २७ बस्ने वर्ष ३० का नविन गौचन पक्राउ परेका हुन् ।
गत असोज २९ गते प्रहरीले पोखराको लेकसाइड स्थित होटल पोखरा गुडविलबाट ५ जना जुवाडेलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा चिनिएका नामहरु नै हुन् । उनीहरु अहिले कास्की प्रहरी हिरासतबाट छुटिसकेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा – ५ का ६० बर्षीय सत्यनारायण मण्डल, पोखरा ६ का ५४ बर्षीय मदन केसी र ४८ बर्षीय टिकाराम सापकोटा, पोखरा – ८ बस्ने ६२ बर्षीय दिपक श्रेष्ठ, पोखरा ४ बस्ने ५८ बर्षीय तोप बहादुर थापा रहेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन