एजेन्सी । अमेरिकामा सन् २०१४ मा मादक पदार्थ सेवन गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिको पेटमा नै रक्सी बनिरहेको पत्ता लागेको थियो । उनी ‘अटो ब्रुअर सिन्ड्रोम’बाट ग्रसित थिए । रिचमण्ड युनिभर्सिटी अफ मेडिकल सेन्टरका विशेषज्ञका अनुसार ‘अटो ब्रुअरी सिन्ड्रोम(एबीएस)’बाट पिडित व्यक्तिको पेटले ‘फङ्गल यिस्ट कार्बोहाइड्रेट्स’लाई अल्कोहलमा बदल्छ ।
ग्यास्ट्रो–एन्टेरोलोजीको रिपोर्टअनुसार सन् २०११ मा एक अपरेसन भएपछि त्यस व्यक्तिले एन्टिबायोटिक खान थालेको र त्यसपछि उक्त अवस्था सुरु भएको थियो । व्यक्तिको पेटमा रक्सी बन्न थालेकै समयमा भयभित हुने, चक्कर आउने, स्मरणमा ह्रास आउने समस्या सुरु भएको थियो ।
तथापि, एन्टिबायोटिकबाट यस्तो समस्या सुरु हुनु एकदमै दुर्लभ घटना हो । पछिल्लो ३० वर्षमा यस्ता पाँच घटनामात्र बाहिरिएका छन् । सन् २०१७ मा व्यक्तिलाई प्रो–बायोटिक एन्टी फङ्गल दवाई दिइयो र साथमा कम कार्बोहाइड्रेट युक्त खाने सल्लाह दिइयो ।
त्यसले उनको अवस्थामा कमी आयो । यस विषयलाई अक्टोबर महिनाको अन्त्यमा अमेरिकन कलेज अफ ग्यास्ट्रोएन्टेरोलोजीको वार्षिक बैठकमा प्रस्तुत गरिनेछ । विशेषज्ञका अनुसार समस्या सुधार नभएको समयमा व्यक्तिको पेट र दिसामा अत्यधिक मात्रामा साशारोमाइसेस सेरेविसिए नामको फङ्गस पाइएको थियो ।
यो फङ्गसलाई ‘ब्रुअर यीस्ट’ भनिन्छ । किनकि रक्सी बनाउनु अघि अन्नलाई कार्बोहाइड्रेटमा बदल्नको लागि यसको प्रयोग हुन्छ । कुनै व्यक्तिले कार्बोहाइड्रेटयुक्त खाना सेवन गरेको छ भने पनि उसको रगतमा रक्सीको मात्रा बढ्छ । कहिलेकाँही यो मात्र ४०० मिली लिटरसम्म पुग्छ । यो मात्रा अमेरिकामा मदिरा पिएर गाडी चलाउने दिइएको सीमाभन्दा ११ गुणा बढी हो ।
सम्बन्धित खबर
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
जापानको फुकुओकामा ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो