एजेन्सी। मानिसहरु घरमा श्रीमती भएर पनि बाह्य सम्बन्धमा हुन्छन्। यसले परिवारलाई भाड्ने काम गर्दछ । बाह्य महिलासँग श्रीमानको सम्बन्धबारे थाहा पाउँदा श्रीमतीहरु रिसाउँछन्। सामाजिक रुपमा यस कार्य स्वीकार्यसमेत छैन ।
तर, थाइल्यान्डकी ३२ वर्षीया वारिसारा पोक्रिचान आफ्ना श्रीमानका कान्छी श्रीमतीसँग मिलेर बसेकी छन्। उनीहरु दुवै साथीजस्तै छन् । ४२ वर्षीय मानोप नुटायोथिनले १० वर्ष अगाडि पोक्रिचानलाई दोस्रो श्रीमतीको रुपमा विवाह गरेका थिए। मानोपको पहिलो श्रीमतीको निधन भएको थियो।
तर मानोप बाह्य महिलासँगको प्रेममा परे। बाह्य सम्बन्धकाबारेमा थाहा पाउँदा पोक्रिचान रिसाइनन् । उनले आफ्ना श्रीमानका पे्रमीका २६ वर्षीया नाटया टोङपानलाई घरमा स्वागत् गरिन्। मानोप र नाटयाले पोक्रिचानकै सहयोगमा विवाह गरे। यतिबेला दुवै श्रीमतीको साथमा मानोप एकै घरमा बस्दै आएका छन्। उनीहरु निकै खुशी छन्। तीनै जना मिलेर काम गर्छन्। घर खर्च जुटाउँछन् ।
र यो पनि पढ्नुहोस् : एक ड्राइभरको निधन पछि श्रीमान दावी गर्दै सात महिलाको झगडा, प्रहरी नै चकित
मानोप कार व्यापारी हुन्। दुवै श्रीमती कार व्यापारमा मोडलका रुपमासमेत काम गर्छन् । मानोप परिवारको ९ सन्तान छ। पहिलो श्रीमतीबाट ३ सन्तान, पोक्रिचानबाट ३ सन्तान र नाटयाबाट ३ सन्तान छ। उनीहरु सबै मिलेर ९ सन्तानको हेरचाह गरिरहेका छन् ।
थाइल्यान्डमा एक श्रीमान र दुई श्रीमती सँगै खुशीका साथ बसेका छन् भन्नेबारे सार्वजनिक भएपछि उनीहरुलाई टेलिभिजन कार्यक्रममा आनन्त्रितसमेत गरिएको थियो। उनीहरुले त्यहाँ भनेका थिए,‘प्रेम र विश्वास भए सबै सँगै मिलेर बस्न सकिन्छ।’
सम्बन्धित खबर
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
कोलम्बियामा सैन्य विमान दुर्घटनामा ६६ जनाको मृत्यु, चार सैनिक बेपत्ता
इरानसँग वार्तामा जुट्यो अमेरिका, ट्रम्पले भने- ‘ठूला आक्रमण गर्दैनौँ, युद्ध अन्त्यको प्रयास हुँदैछ’
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी