पोखरा । इञ्जिनीयरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, (डब्लूआरसी), लामाचौरमा देशमा नै पहिलोपटक चट्टान तथा सुरुङ (टनेल) इञ्जिनीयरिङ विषयको अध्यापन हुने भएको छ । पछिल्लो समय सुरुङमार्ग निर्माण योजनालाई सरकारले प्राथमिकताका साथ अघि सारे पनि देशभित्र त्यससँग सम्बन्धित जनशक्तिको अभाव छ ।आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यले चट्टान तथा सुरुङ विषयमा स्नातकोत्तर तहमा अध्यापन शुरु गर्ने तयारी गरिएको हो ।
गण्डकी प्रदेश सरकार र नर्वेको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी (एनटिएनयु) विश्वविद्यालयको सहयोगमा स्नातकोत्तर तहमा आगामी शैक्षिक सत्र वैशाख १७ गतेदेखि अध्यापन गर्ने लक्ष्यअनुसार पाठ्यक्रम तयार गरिएको क्याम्पस प्रमुख रामप्रसाद पौडेलले बताए ।
पाठ्यक्रम तयार गर्नका लागि क्याम्पसले शुक्रबार र शनिबार गरी दुई दिन यस विषयमा विशेषज्ञता हासिल गरेका प्राज्ञ र वैज्ञानिकको सम्मेलन आयोजना गरी इञ्जिनीयरिङ अध्ययन संस्थानको स्नातकोत्तर तहको पाठ्यक्रमको प्रारम्भिक ढाँचा तयार गरेको छ । प्रमुख पौडेलले भने, ‘सुरुङ इञ्जिनीयरिङको अध्यापन देशका लागि आवश्यक भइसक्यो । दुई दिनको कार्यशालाबाट पाठ्यक्रम तयार गरेर आगामी शैक्षिकसत्रबाट कक्षा सञ्चालन गर्ने योजनामा छौँ ।’
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’