आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीमा चुनावी गतिविधि बढेको छ । प्रतिनिधिसभाका लागि कास्की निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचन हुन लागेको हो ।
चुनाव नजिकिँदै गर्दा यतिखेर यहाँका सार्वजनिक चोक तथा चिया पसलमा आगामी निर्वाचनमा कुन दलले जित्ला भन्ने विषयले चासो र चर्चा पाएको छ । निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवारका रुपमा अघि सारेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसमा उम्मेदवार कसलाई बनाउने भन्नेबारे निर्णय आइसकेको छैन । त्यसैले पनि कास्की काँग्रेसमा अन्यौलता छाएको छ ।
अन्य राजनीति दलमध्ये साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले रोमबहादुर भण्डारीलाई उम्मेदवारका रूपमा अघि सारेको छ । त्यस्तै समाजवादी पार्टीले ई धर्मराज गुरुङलाई उम्मेदवार बनाएको छ । निर्वाचनलाई लक्षित गरी निर्वाचन कार्यालयले आफ्नो तयारी तीव्र बनाएको कास्कीका जिल्ला निर्वाचन अधिकारी महेन्द्र सुवेदीले जानकारी दिए ।
निर्वाचन कार्यतालीका सार्वजनिक भइसकेको जानकारी गराउँदै उनले निर्वाचनका लागि २२ जना मतदाता शिक्षा स्वयंसेविका खटाउन लागिएको बताए । पोखरा महानगरअन्तर्गत ११ वडा यस निर्वाचन क्षेत्रमा पर्ने भएकाले प्रत्येक वडामा दुई–दुईका दरले मतदाता स्वयंसेविका परिचालन गरिने उनले जानकारी दिए ।
मतदाता स्वयंसेवी छनोट प्रक्रिया बढिसकेको र उनीहरूलाई आवश्यक तालीम दिएर मङ्सिरको पहिलो साता सम्बन्धित वडामा पठाइसकिने निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनकै तयारीस्वरुप सोमबार पोखरामा निर्वाचन विवाद निरुपण विषयक प्रशिक्षण सम्पन्न भएको छ । कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि ७१ हजार ८७१ मतदाता छन् ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो