५ पुस। यस बर्षको एसईई परीक्षा चैत ८ गते देखि हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले सार्वजनीक गरेको तालिका अनुसार चैत ८ गते विहीबार अनिवार्य अंग्रेजीको परीक्षा हुने छ ।
यसैगरी सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य तथा अनिवार्य अँग्रेजीको परीक्षा हुने छ ।
चैत ९ गते शुक्रबार अनिवार्य नेपाली र गैर नेपाली विद्याथीृका लागि अँग्रेजीको परीक्षा हुने छ । चैत १० गते शनिबार र ११ गते चैते दशैं परेकोले यी दुई दिन भने परीक्षा हुने छैन ।
चैत १२ गते अनिवार्य गणित, १३ गते अनिवार्य विज्ञान र वेदविद्याश्रम अनिवार्उ संस्कृत ब्याकरण र अनुवादको परीक्षा हुने छ । १४ गते प्राविधिक तर्फ फार्म म्यानेजमेण्ट, मार्के्टिङ्, ईञ्जिनीयरिङ्, ड्रईङ्, कम्प्युटर परपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने कार्यालयले जनाएको छ ।
यसैगरी १५ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रम तर्फ वेद वा नीति शास्त्र, प्राविधिक तर्फ ऐच्छिक प्रथमका सबै विषयहरुको परीक्षा हुने छ भने प्राविधिक तर्फ एग्रिकल्चर, ईलेक्ट्रिकल म्यानेजमेण्ट, कम््प्युटर नेटवर्किङ्, ईञ्जिनीयरिङ सर्भेइको परीक्षा हुने छ ।
यस्तै चैत १६ गते ऐच्छिक प्रथमका सबै विषय, संस्कृत तर्फ अनिवार्य संस्कृत शिक्षा, वेदविद्याश्रम तर्फ ऐच्छिक विषयहरु र प्राविधिक तर्फ ऐच्छिक गणितको परीक्षा हुने छ ।
चैत १७ गते शनिवार भए पनि परीक्षा हुने छ । यो दिन साधारण तथा संस्कृत तर्फ ऐच्छिक द्धितीयका विषयहरु, वेदविद्याश्रम तर्फ कर्मकाण्ड वा फलित ज्योतिष, प्राविधिक तर्फ भेजिटेवल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी, ईलेक्ट्रिकल ईनर्जि, डाटावेस म्यानेजमेण्ट सिष्टम, म्युजिक टेक्नोलोजीको परीक्षा हुने छ ।
चैत १८ गते प्राविधिक विषय तर्फ क्रप प्रोडक्सन, स्मल रुमेण्ट प्रोडक्सन एण्ड म्यानेजमेण्ट, ईलोक्ट्रिोनिक्स डिभाईस एण्ड सर्किट, वाटर रिसोर्सेस र ईञ्जिनीयरिङ्को परीक्षा हुने छ ।
चैत १९ गते प्राविधिक विषय तर्फ नै एनिमल हेल्थ, ईलेक्ट्रिकल मेसिन, माईक्रो प्रोसेस, हाईवे ईञ्जिनीयरिङ्, म्युजिक विजनेश एण्ड प्रोग्राम म्यानेजमेण्टको परीक्षा हुने छ ।
अन्तिम दिन चैत २० गते प्राविधिक तर्फ नै फ्लोरिकल्चर एण्ड नर्सरी म्यानेजमेण्ट, भेटेरनरी ल्याव्रोटरी टेक्निक, ईण्ड्रष्ट्रियल ईन्स्टलेसन एण्ड मेन्टिनेन्स, अब्जेक्ट खोरेण्टेड प्रोग्रामिङ्, ईष्टिमेटिङ् कस्टिङ् एण्ड सुपरभिजन र ऐच्छिक विषयमा गायन, संगीत, वाद्यबादन र नृत्यको परीक्षा हुने कार्यालयले जनाएको छ । परीक्षा विहान ८ बजे देखि ११ बजे सम्म हुने छ ।
बुधबार बसेको बोर्ड बैठकले परीक्षाको मिति तय गरेको नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

सम्बन्धित खबर
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन