पोखरा । आगामी मंसिर १४ मा हुन लागेको उपनिर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय कास्कीले चुनाव चिह्न प्रदान गरेको छ । आइतवार उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरेको निर्वाचन कार्यालयले सोमबार उम्मेद्वारको चुनाव चिह्न प्रकाशन गरेको हाे । कास्की २ मा हुन लागेको उपनिर्वाचनको लागि २५ जना उम्मेद्वारले आफ्नो उम्मेद्वारी दर्ता गराएकोमा ३ जनाको नाम बदर भएको थियो भने स्वतन्त्र उम्मेद्वारमध्येका एकले आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका गजेन्द्र संवो लिम्बु, राष्ट्रिय नागरिक पार्टीका नवराज घले र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त विक्रम सिंहको उम्मेद्वारी निर्वाचन आयोगले बदर गरिदिएको थियो । २०७४ सालको निर्वाचनमा समानुपातिकतर्फको बन्द सूचीबाट उनीहरुको नाम अझै नहटाएकाले उम्मेदारी बदर भएको हो । यस्तै स्वतन्त्र उम्मेदवारी दिएका पुरूषाेत्तम खनालले आफ्नो नाम फिर्ता लिएका थिए।
कास्की २ मा नेपाल कम्युनिस्ट पाटी (नेकपा) का तर्फबाट विद्या भट्टराई, प्रमुख प्रतिपक्ष काँग्रेसका तर्फबाट खेमराज पौडेल, साझा पार्टीबाट रजनी केसी, समाजवादी पार्टीका धर्मराज गुरुङ, देशभक्त समाजका वीरबहादुर विश्वकर्मा, नेपाली काँग्रेस (विपी) का चन्द्र बहादुर रानाभाट, राप्रपाका रोमबहादुर भण्डारीलगायत चुनावी मैदानमा छन । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएपछि रिक्त रहेको कास्की २ प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र हो ।
कसलाई के चिन्ह ?

७१ हजार मतदाता
उपनिर्वाचनका लागि कास्की–२ मा ७१ हजार ८ सय ७१ मतदाता छन् । कास्की–२ मा ३३ हजार एक सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिला र एकजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।
यो क्षेत्रमा पोखराका विभिन्न ११ ओटा वडा पर्छन । मतदानका लागि यहाँ ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिए ।
गएको निर्वाचनको मत : २०७४ सालको निर्वाचनमा रवीन्द्र अधिकारीले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मत अन्तरले पराजित गरेका थिए ।अधिकारीले २७ हजार २ सय ७ र चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए ।
सो निर्वाचनमा तेस्रो भएको तत्कालीन विवेकशील साझा पार्टीका उम्मेदवार श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत पाएका थिए । उम्मेदवारी दर्ता गराएकाहरुले २५ गते निर्वाचनका लागि चिन्ह पाउने निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन