पोखरा र तनहुँ जिल्लाको सीमाना कोत्रे खोला पुल स्थित टिपरले कारलाई ठक्कर दिंदा आज बिहान कार चालक गम्भिर घाइते भएका छन् । टिपरको ठक्करबाट ग २ च ५४६९ नम्बरका कार चालक पोखरा १० रामबजार निवासी २९ बर्षका युवराज भट्टराई गम्भिर घाइते भएको कास्की प्रहरीले जनाएको छ । पोखराबाट तनहुँतर्फ जार्दै गरेको ग १ ख ७८४७ नम्बरको टिपरले कारलाई ठक्कर दिदा गम्भिर घाइते भएका भट्टराई र सामान्य घाइते स्याङजाकी २७ बर्षीया प्रतिमा पोख्रेलको मणिपालमा उपचार हुदैछ ।
उक्त कार संगै अर्को जिपलाई समेत टिपरले ठक्कर दिदा जिपमा सवार ५ जना घाइते भएका छन्। उनीहरुलाई हाल गण्डकी मेडिकल कलेजमा उपचार गर्न ल्याईएको छ । उनीहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सामान्य घाइते हुनेहरुमा युवराज अधिकारी, लक्ष्मि अधिकारी, सिता देवि तिमिल्सिना, राधा सुवेदी, देवि कोइराला रहेका छन्। टिपरले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको स्थानियले जनाए ।
https://www.facebook.com/726047900920798/posts/1195446347314282/
सम्बन्धित खबर
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्यो क्याम्पसहरूसँग समझदारी
पोखरामा एकै दिन दुई किशोरको डुबेर मृत्यु, फुस्रेखोलामा फेरि १६ वर्षका सुप्रिम डुबे
अनेरास्ववियु कास्कीले गर्यो बुद्धिचाल प्रतियोगिता
वर्ल्ड लिङ्कले ट्राफिकलाई गर्यो सहयोग, ६५ थान सामाग्री हस्तान्तरण
मानव अधिकारका सवालमा सबै पक्ष गम्भिर बन्नुपर्छः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग