पोखरा । दक्षिण यसियाली खेलकुद (साग) को १३ औं संस्करणमा प्याराग्लाइडिङ समावेश नहुने भएको छ । प्याराग्लाइडिङ खेल सराङकोटको तोरीपानीमा सञ्चालन गर्ने तय थियो । र नाम दर्ता गर्न बुधबारसम्म अन्तिम समय तोकिएको थियो । तर नेपाल र पाकिस्तानबाहेक तेस्रो राष्ट्र सहभागी भएन । नेपाल प्याराग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र रावतले तेस्रो राष्ट्रले खेलाडी दर्ता नगरेपछि प्रतियोगिता नहुने निश्चित भएको जानकारी दिए ।
‘पाकिस्तानबाट पनि जम्मा २ जना खेलाडीको नाम दर्ता भएको छ । जबकी प्रतियोगितामा भाग लिन ५ पुरुष र ३ महिला अनिवार्य हुनुपर्छ,’ उनले भने, ‘दर्ता भएको राष्ट्रले पनि खेलाडी संख्या नपुर्याएकाले खेल नहुने भएको हो ।’ सागको नियम अनुसार प्रतियोगिता हुन कम्तीमा ३ राष्ट्र सहभागी हुनुपर्छ ।
सागमा प्याराग्लाइडिङ समावेश नहुने भएपछि नेपाललाई पदक तालिकमा असर पर्नेछ । वैशाखदेखि नै नेपाली खेलाडीहरु प्रशिक्षणमा छन् । प्याराग्लाइडिङमा हामीले ८ वटा स्वर्ण मध्ये कम्तिमा ६ वटा स्वर्ण पदक जित्ने नेपालको अपेक्षा थियो । अब पोखरामा ८ खेल मात्रै हुने भएको छ ।
सम्बन्धित खबर
चार दिनदेखि बन्द पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
बुद्ध जयन्तीमा याङ्जाकोटमा मेला हुने
त्रिभुवन पौडेल स्मृति अक्षयकोषको लागि मञ्च गण्डकीको सहयोग
श्रमको सम्मान नगर्नेहरू असभ्य नागरिक हुन्: मुख्यमन्त्री अधिकारी
कास्कीलाई सडक मानवमुक्त जिल्ला मनाइने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग