पोखरा । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा रंगशालाको निरिक्षण गरेका छन् । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) तयारीको लागि निमार्णधीन अवस्थामा रहेको पोखरा रंगशालाको निरिक्षण गर्दै मुख्य मन्त्री गुरुङले पुर्वाधार निमार्णको लागि केहि रकम तत्कालै क्याविनेट बैठक बसि विनियोजित गर्न सक्ने बताएका छन् ।
‘साग सम्पन्न गर्नको लागि रकमको अभाव छ भने तत्काल निर्णय गरि विनियोजिन गर्छौ, यो गण्डकी प्रदेशको पनि गौरवको विषय हो ।’ मुख्य मन्त्री गुरुङले भने । उनी सहित सामाजिक विकास मन्त्री नरदेवि पुन, १३ औँ साग समिति पदाधिकारी, खेलकुद पदाधिकारी पत्रकार लगाएतको टोलीले रंगशालाको निरिक्षण गरेका थिए ।

मुख्य मन्त्री गुरुङले रंगशालाको निरिक्षण गर्दै पुर्वाधार काम चलाउको लागि हो कि दिर्घकालीन हो ? भन्दै प्रश्न समेत गरेको थिए । साग नेपालमा हुने पहिले नै थाहा भएपनि काम शुरु भने निकै ढिला भएको मन्त्री गुरुङको भनाई थियो । सागका लागि दिनरात नभनि काम तिव्र रुपमा अघि बढाएको भन्दै निमार्ण कम्पनी तथा कामदारहरुलाई समेतलाई उनले धन्यवाद व्यक्त गरे ।
१३ औँ सागलाई सफलतापूर्वक सम्पन्न गर्न आयोजक समितिलाई सबैले सहयोग गर्नुपर्ने धारणा राख्दै मन्त्री गुरुङले पोखरा रंगशालामा निर्माणाधीन पोखरा फुटबल मैदान, क्रिकेट मैदान, आर्चरी, व्याटमिन्टन, वहुउदेश्यीय कभर्डहलको निरिक्षण गर्दै साग आायोजक समिति पदाधिकारी समेतलाई भेटि रंगशालाको बारेमा जानकारी लिएका थिए ।
मंसिर १५ गते देखि २४ गते सम्म हुने साग पोखरामा ९ खेल हुने भनिएपनि प्याराग्लाइडिङ हुन सकेन ।। पोखरामा महिला फुटबल, महिला क्रिकेट, आर्चरी, ह्याण्बल, ब्याटमिन्टन, ट्राइयाथोलन, विच भलिबल र भारोत्तोलन सहित आठ खेल हुँदैछन ।

सम्बन्धित खबर
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो