पोखरा । अघिपछि सुनसान हुने पोखराका सुकुम्बासी बस्ती चुनावमा गुल्जार हुन्छन् । भोट माग्न पुग्ने दलको बेस्सरी नारा घन्किन्छ । अघिपछि नझुल्कने उम्मेदवार पनि चुनावमा हात जोर्दै झुपडी पुग्छन् । रातो पुर्जाको आश्वासन बाँड्छन् । प्रलोभनमा पार्ने भरमग्दुर प्रयास गर्छन् । पोखरा ९ का सुकुम्बासी भने आफूहरुलाई कुनै प्रलोभनले नलोभ्याउने बताउँछन् ।
यो वडामा ठूल्ठूला सुकुम्बासी बस्ती छन् । तुलसीघाट, शान्तिवन, पृथ्वीचोक वरपरका सहाराटोल, शिवटोल, शुभकामना टोल, पार्वती टोल, गणतान्त्रिक टोल, कृष्ण टोल यहीं वडामा पर्छन् । क्षेत्र नम्बर २ को उपनिर्वाचनमा यी बस्तीबाट झण्डै २ हजार मतदाताले भोट हाल्दै छन् । गएको चुनावमा उनीहरुले तीनपल्ट रवीन्द्र अधिकारीलाई जिताएर प्रतिनिधिसभा पठाए । यसपल्ट पनि आफ्नो मन र मत नबदल्ने उनीहरु बताउँछन् ।
शुभकामना टोलका आशबहादुर विक अघिल्लोपल्ट जस्तै यसपल्टको चुनाव सुकुम्बासीका मतदातालाई कुनै प्रलोभनले नलोभ्याउने दाबी गर्छन् । ‘बाहिर हल्ला चलेजस्तो सुकुम्बासीहरु पैसामा बिक्दैनन,’ उनी भन्छन्, ‘कसलाई जिताउने भन्ने हाम्रो मनमै छ ।’ गणतान्त्रिक टोलकी यमुना गुरुङको नेकपा नै सुकुम्बासीलाई बुझ्ने एकमात्र पार्टी भएको उनको ठम्याइ छ । ‘हाम्रो मनमा विद्या बसिसकेकी छन्,’ उनले भनिन् ।
२०७४ मा भएको चुनावमा आर्थिक चलखेल हुन नदिन बसपार्क छेवैको पार्वती टोलमा स्थानीयले गस्ती नै गरे । तत्कालीन कांग्रेसका उम्मेदवारले सुकुम्बासी बस्तीमा पैसा बाँड्न लागेको सुइको पाएपछि उनीहरुले गस्ती गरेका थिए । शिव टोलका कृष्ण पाण्डे यसपल्ट पनि कुनै चलखेल हुन नदिने बताउँछन् । ‘अहिले पैसा बाँड्नेले भोलि चुनाव जितेर गएपछि त्यहीं पैसा उठाउनतिर लाग्छन्,’ उनी भन्छन्, ‘रवीन्द्रको इमान्दारिता विद्या भट्टराईमा पनि झल्किन्छ ।’
सहाराटोलकी कमला विक सुकुम्बासीको एकमात्र आशा नेकपा नै भएको सुनाइन् । उनले मुलुकमा स्थायीसरकारमार्फत समृद्धि हासिल गर्न नेकपाको विकल्प नभएको उल्लेख गरिन् । पोखरा बसपार्कको छेउछाउमा ०३६ सालदेखि सुकुम्बासी बस्न थालेका हुन् ।
बसपार्क वरपरका शिव टोल, पार्वती टोल, कृष्ण टोल, गणतान्त्रिक टोल र शुभकामना टोलमा ७ सय घर सुकुम्बासी छन् । यो टोलमा मात्रै करिब १ हजार ५ सय मतदाता छन् । बसपार्क विस्तारका लागि त्यहाँका सुकुम्बासीलाई हटाउने प्रसंग बारम्बार चलिरहन्छ ।
प्रत्येक चुनावमा टोलबासीले उम्मेदवारसँग लालपुर्जा कै मुद्दा उठाउँछन् । तर उनीहरुको माग भने हालसम्म सम्बोधन हुन सकेको छैन । ‘हाम्रो मुख्य माग नै लालपूर्जा हो,’ शान्तिवनका आइतमान गुरुङ भन्छन्, ‘यो माग नेकपाबाहेक अरुले पूरा गर्छन् जस्तो लाग्दैन ।’
बसपार्क विस्तारका लागि पोखरा उपत्यका नगर विकास समितिले २ सय ५ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने बताइएको छ ।
हाल ८२ रोपनी क्षेत्रमा मात्र बसपार्क छ । ९ नम्बर वडामा नेकपाको चुनावी मोर्चा सम्हालेकी गण्डकी प्रदेश सांसद प्रभा कोइराला सुकुम्बासी व्यवस्थित गर्ने नेतृत्व आफ्नो पार्टीले गर्ने बताउँछिन् । ‘मुलुकमा कोही पनि भूमिहिन हुनुहुँदैन भन्नेमा हामी स्पस्ट छौं,’ उनी भन्छिन् । बसपार्क पनि बनाउने र सुकुम्बासीलाई पनि व्यवस्थित गर्ने योजना नेकपाको रहेको उनले जनाइन् ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो