कास्कीमा शुक्रबार मध्यरातबाट अति आवश्यक सवारीसाधन बाहेक अन्य सवारी साधन प्रवेश र सञ्चालनमा रोक लगाइएको छ । शुक्रबार राति २ बजेदेखि सुरु हुने बन्देज निर्वाचन नसकिदासम्म रहने सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए ।
अति आवश्यक सेवा सवारी (एम्बुलेन्स, शवबाहन, दमकल, खानेपानी, ट्याङ्कर, दूरसञ्चार, विद्युत् र अस्पतालभित्रका सेवा) र चुनाव प्रयोजनका लागि पास लिएका सवारीसाधनलाई भने रोक लगाइएको छैन ।
यस्तै चुनावको समयमा अन्य जिल्लाबाट आउने सवारी प्रवेशमा पनि कडाइ गरिएको छ । कास्की जिल्ला आवतजावत गर्ने सवारीलाई तीन वटा प्रवेश बिन्दुमा रोकेर राखिने सूचनामार्फत जनाएको छ ।
सो सूचनामा उल्लेख भएअनुसार पूर्वमा विजयपुर खोला, पश्चिम–उत्तरमा हेम्जाको याम्दी पुल, दक्षिण–पश्चिममा पोखरा-२२ को कालीमाटी खोलामा रोकेर राखिने छ ।
प्रवेश बिन्दुमा रोकेर राखिएका सवारीलाई प्रत्येक तीन/तीन घण्टाको अन्तरालमा स्किर्टिङ गर्ने व्यवस्था मिलाइएको छ । ती सवारीले बीचमा कुनै सवारी चढाउन र ओराल्न पाउने छैनन् ।
यसका साथै मतदान समाप्त नहुँदासम्मको अवधिमा अपरिचित व्यक्तिको प्रवेश, अस्वभाविक व्यवहार, शङ्कास्पद गतिविधि देखिएमा नजिकैको प्रहरीलाई तत्काल खबर गर्न सूचनामार्फत आग्रह गरिएको छ ।
प्रशासानले मौन अवधि सुरु भईसकेकाले चुनाव प्रचारप्रसारका गतिविधि सञ्चालन नगर्न अनुरोध गरेको छ । मौन अवधिमा दलहरुले सभा सम्मेलन गर्ने, भोट माग्ने जस्ता काम गरे निर्वाचन आचार संहिता उल्लङ्घन गरेको कसुर ठहरिने छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’