काठमाडौं । संघ, प्रदेश र स्थानीय तहको ५२ पदका लागि आज मतदान हुँदैछ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र नं २ मा मतदान हुँदैछ । ३७ जिल्लाका रिक्त पदका लागि मतदान हुन लागेको हो ।
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी तत्कालिन पर्यटनमन्त्रीसमेत रहेका रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त भएको कास्की २ मा उपनिर्वाचन हुन लागेको हो । मतदान बिहान ७ बजेबाट सुरु हुनेछ भने साँझ ५ बजेसम्म जारी रहनेछ ।
भक्तपुर १ (क), बागलुङ २ (ख) र दाङको ३ (ख) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । त्यस्तै सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका साथै वडा नम्बर ७ को वडाअध्यक्षको लागि पनि मतदान हुँदैछ ।
प्रतिनिधिसभातर्फ ३२ मतदान स्थलको ८२ मतदान केन्द्र, प्रदेशसभातर्फ ७८ मतदान स्थलमा १ सय ७४ मतदान केन्द्र र स्थानीय तहतर्फ १ सय ३७ मतदान स्थलमा २ सय ८१ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । आठ सयसम्म मतदातालाई एउटा मतदान केन्द्र तोकिएको छ ।
धरानका २८ मतदान स्थलका ९९ मतदान केन्द्रमा सुरक्षाकर्मी सहितका कर्मचारी तैनाथ रहेको सुनसरीका मूख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जनाएका छन् ।
मकालु गाउँपालिका, फाल्गुनन्द गाउँपालिका र पिपरा गाउँपालिकाको प्रमुखका लागि शनिबार नै मतदान हुँदैछ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपप्रमुखका लागि पनि चुनाव हुँदैछ ।
उपनिर्वाचन हुने क्षेत्रमा ४ लाख ५४ हजार १ सय १४ मतदाता छन् । प्रतिनिधिसभा निर्वाचन हुने कास्की–२ मा ११ राजनीतिक दलले चुनावमा भाग लिएका छन् ।
प्रदेशसभाको तीनवटा निर्वाचन क्षेत्रमा १५ र स्थानीय तहका विभिन्न पदका लागि २० राजनीतिक दलले चुनावमा भाग लिएका छन् । तीनवटै तहका गरी ३ सय ३३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
देशभरिका विभिन्न नगर र गाउँपालिकाका ४३ वडाध्यक्षका लागि आज मतदान हुँदैछ । मतदानका लागि ५५ सय कर्मचारी सम्बन्धित मतदान केन्द्रमा छन् । निर्वाचन आयोगले उपनिर्वाचनमा निर्धक्क भएर भाग लिन आग्रह गरेको छ ।
सम्बन्धित खबर
वरिष्ठ कलाकार सुनिल थापाको निधन
प्रधानमन्त्री कार्कीसँग ओलीले भनेः बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्नु हुँदैन
प्रधानमन्त्री कार्कीको प्रस्टोक्ति: ढुक्क हुनुस्, २१ फागुनको चुनाव एकै चरणमा हुन्छ
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण