पोखरा । गण्डकी प्रदेश अन्तर्गतका कास्की, बागलुङ, नवलपरासी पूर्व र लमजुङमा उप–निर्वाचन भएको छ । सम्पूर्ण मतदान केन्द्रमा शान्त, सुरक्षित एवं सभ्य रुपमा संञ्चालन भएको प्रहरीले जनाएको छ । कुनै कुनै मतदान केन्द्रको एरियामा छिटफुटका घटनाहरु घटे तापनि त्यसले मतदान प्रक्रियामा कुनैपनि प्रतिकुल असर नपारेको जनाएको छ । कास्कीका विभिन्न ठाउँमा ४ पटक बम विस्फोट भएपनि मानवीय क्षति भएको छैन तर सुरक्षा ब्यवस्थाप्रति भने प्रश्न चिन्ह उठेको छ ।
कास्की-२ मा ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको छ । ८२ मतदान अधिकृत तथा ८२ सहायक मतदान अधिकृतसहित ४१० सरकारी कर्मचारी उपनिर्वाचनक लागि मतदान स्थलमा खटिएका छन् । यस्तै ३२८ जना स्वयमंसेवक मतदान क्षेत्रमा खटिए ।
जिल्ला निर्वाचन कार्यालय कास्कीकाअनुसार उपनिर्वाचनका लागि कास्की–२ मा ७१ हजार ८ सय ७१ मतदाता छन् । यो क्षेत्रमा पुरुष भन्दा महिला मतदाताको संख्या धेरै छ । कास्की–२ मा ३३ हजार एक सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिला र एकजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।
यो क्षेत्रमा पोखराका विभिन्न ११ ओटा वडा पर्छन । त्यसमा वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ रहेका छन् । उपनिर्वाचनका लागि सबैभन्दा धेरै वडा नम्बर ३३ मा पाँच वटा र कम वडा नम्बर ४ मा एउटा मात्र मतदान स्थल तोकिएको छ ।
कार्यालयको तथ्यांकअनुसार वडा नम्बर १७ को पार्दी मा.विमा सबैभन्दा धेरै ५ हजार २८ मतदाता छन् । यो मतदान स्थलमा अरु मतदान स्थलभन्दा धेरै मतदान केन्द्र तोकिएको छ । धेरै मतदाता भएकाले यहाँ ५ वटा केन्द्र छन् । सबैभन्दा कम वडा नम्बर १६ को दिपज्योति आधारभूत विद्यालयमा ७ सय ६ जना मतदाता छन् ।
भरतपोखरीदेखि बाटुलेचौरसम्मका केही केन्द्रका तस्विरहरु हेर्नुहोस्:

पोखरा ३३ स्थित शान्ति उदय मावि

पोखरा ३३ स्थित शान्ति उदय मावि

पोखरा ३३ स्थित शान्ति उदय मावि

पोखरा ३३ स्थित सरस्वति टीका मावि

जनप्रिय मावि मतदान केन्द्र

पोखरा १६ स्थित विन्दवासिनी मावि केन्द्र

पोखरा १६ स्थित विन्दवासिनी मावि केन्द्र

पोखरा १६ स्थित चण्डिका प्रावि केन्द्र

चण्डिका महतगौंडा स्थित जानकी आधारभुत विद्यालय केन्द्र

पोखरार ९ स्थित महेन्द्र मावि केन्द्र

पोखरार ९ स्थित नवप्रभात मावि केन्द्र

पोखरा ४ स्थित नविन मावि केन्द्र

पार्दी मावि केन्द्र

पार्दी मावि केन्द्र

रत्नचोक स्थित केन्द्र

पोखरा पृथ्वीचोक स्थित सहारा प्रावि केन्द्र
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन