पुस १२ । ‘आकाशमा चम्किने तारा बनिदिन्छु एकदिन, अनि तिमी हेरि मात्र रहनु’ यो लाइन कञ्चनपुरकी एक युवतीले फेसबुकमा राखेको स्ट्याटस हो । उनले यो स्ट्याटससहित सोमबार कभर फोटो पनि राखेकी थिइन् ।

कञ्चनपुर झलारी–१० घर भएकी १९ वर्षीय पूजा धामीले आफ्नो फेसबुकमा यो स्ट्यास र फोटो राखेको एक दिन नबित्दै संसार छाडेकी छिन् । घरमा कोही नभएको बेला बिष सेवन गरेर उनले आत्महत्या गरेकी हुन् ।
पूजाले फेसबुकमा हिजो त्यस्तो स्ट्याटस लेखेपछि अनेक टिकाटिप्पणी सुरु भएको छ । तर, प्रहरीका अनुसार अहिलेसम्म पूजाले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । उनको फेसबुक इन्ट्रोमा आफ्ना प्रेमीसँग हात समातेको फोटो सहित सधैंभरीको साथको अपेक्षा गरेकी छिन् ।

धामी गत निर्वाचनको लागि म्यादी प्रहरीमा भर्ना भएकी थिइन् । निर्वाचन सम्पन्न भएपछि यही पुस ७ गते विदाई गरिसकेपछि पूजा घर फर्किएकी उनका आफन्तले बताएका छन् । उनले आयु लामो नरहेको क्याप्सन राख्दै मुस्काउनुपर्ने स्टाटस समेत राखेकी थिईन् । यद्यपी उनको पोस्टहरुमा निकै खुशीभाव देख्न सकिन्छ ।

कक्षा १२ मा पढ्दै गरेकी उनले बिष सेवन गरेकी आफन्तहरुले थाहा पाएपछि उपचारको लागि धनगढी लगिएको थियो । तर, अस्पतालले धामीको अवस्था गम्भिर रहेको यहाँ उपचार हुन नसक्ने बताएपछि आफन्तहरुले कोहलपुर रिफर गरेका थिए ।
उपचारको लागि धनगढीबाट कोहलपुरस्थित मेडिकल कलेजमा पुर्याइएको थियो तर भर्ना लिन नमानेपछि धामीलाई नेपालगञ्ज लगिएको थियो । त्यहाँ पनि चिकित्सकहरुले बचाउन नसकिने भन्दै घर लैजान सल्लाह दिए ।
उनको महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा पोस्टमार्टम गरि अन्त्येष्टी गरिएको छ ।

यसअघि झापाकी ऋचा सेढाईंले पनि यसरी नै संसारबाट बिदा लिएकी थिईन् ।
[आत्महत्या समस्याको समाधान होईन ।]
सम्बन्धित खबर
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
राष्ट्रपतिको प्रधानमन्त्रीलाई सुझाव– निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी ध्यान केन्द्रित गर्नू
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
अख्तियार पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च पुग्यो
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ