पुस १२ । ‘आकाशमा चम्किने तारा बनिदिन्छु एकदिन, अनि तिमी हेरि मात्र रहनु’ यो लाइन कञ्चनपुरकी एक युवतीले फेसबुकमा राखेको स्ट्याटस हो । उनले यो स्ट्याटससहित सोमबार कभर फोटो पनि राखेकी थिइन् ।

कञ्चनपुर झलारी–१० घर भएकी १९ वर्षीय पूजा धामीले आफ्नो फेसबुकमा यो स्ट्यास र फोटो राखेको एक दिन नबित्दै संसार छाडेकी छिन् । घरमा कोही नभएको बेला बिष सेवन गरेर उनले आत्महत्या गरेकी हुन् ।
पूजाले फेसबुकमा हिजो त्यस्तो स्ट्याटस लेखेपछि अनेक टिकाटिप्पणी सुरु भएको छ । तर, प्रहरीका अनुसार अहिलेसम्म पूजाले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । उनको फेसबुक इन्ट्रोमा आफ्ना प्रेमीसँग हात समातेको फोटो सहित सधैंभरीको साथको अपेक्षा गरेकी छिन् ।

धामी गत निर्वाचनको लागि म्यादी प्रहरीमा भर्ना भएकी थिइन् । निर्वाचन सम्पन्न भएपछि यही पुस ७ गते विदाई गरिसकेपछि पूजा घर फर्किएकी उनका आफन्तले बताएका छन् । उनले आयु लामो नरहेको क्याप्सन राख्दै मुस्काउनुपर्ने स्टाटस समेत राखेकी थिईन् । यद्यपी उनको पोस्टहरुमा निकै खुशीभाव देख्न सकिन्छ ।

कक्षा १२ मा पढ्दै गरेकी उनले बिष सेवन गरेकी आफन्तहरुले थाहा पाएपछि उपचारको लागि धनगढी लगिएको थियो । तर, अस्पतालले धामीको अवस्था गम्भिर रहेको यहाँ उपचार हुन नसक्ने बताएपछि आफन्तहरुले कोहलपुर रिफर गरेका थिए ।
उपचारको लागि धनगढीबाट कोहलपुरस्थित मेडिकल कलेजमा पुर्याइएको थियो तर भर्ना लिन नमानेपछि धामीलाई नेपालगञ्ज लगिएको थियो । त्यहाँ पनि चिकित्सकहरुले बचाउन नसकिने भन्दै घर लैजान सल्लाह दिए ।
उनको महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा पोस्टमार्टम गरि अन्त्येष्टी गरिएको छ ।

यसअघि झापाकी ऋचा सेढाईंले पनि यसरी नै संसारबाट बिदा लिएकी थिईन् ।
[आत्महत्या समस्याको समाधान होईन ।]
सम्बन्धित खबर
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान, १० दिनको समयसीमा
रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै
सर्वोच्चले भन्यो– ‘सुकुमवासीलाई जबर्जस्ती नहटाउनू’
सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदैछ: ओली
हर्कको श्रम संस्कृति पार्टीमा सुदन, बने वरिष्ठ नेता
प्रधानन्यायाधीश सिफारिसमा आपत्ति जनाउँदै हर्कले भने- चुपचाप घण्टी छापको करामत !
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’