गण्डक न्युज, पोखरा १३ पुस / अंग्रेजी नयाँ बर्षका अवसरमा १९ वर्षदेखि आयोजना हुँदै आएको पोखरा सडक महोत्सव सुरु भएको छ । नयाँ बर्षमा पोखरा आउने पर्यटकलाई लक्षित गरी रेवान पोखराको आयोजनामा भएको सो महोत्सवको प्रतिनिधिसभाका नवनिर्वाचित सांसद रविन्द्र अधिकारीले उद्घाटन गरे ।
अधिकारीले ५ वर्षभित्रमा पोखरामा अबको दोब्बर पर्यटक भित्राउने दाबी समेत गरे । संसदको विकास समितिका निवर्तमान सभापतिसमेत रहेका अधिकारीले चुनावी घोषणा पत्रमा आफ्नो पार्टीले १० वर्षमा वार्षिक २० लाख पर्यटक भित्राउने उल्लेख गरेपनि ५ वर्षमै दोब्बर पर्यटक भित्रिने र योजना अनुसार सफलता प्राप्त गर्न सकिने बताए ।
पोखरा विमानस्थल निमार्णको जग्गा सम्याउने काम हालसम्म २.६ प्रतिशत जसो पूरा भएको बताउँदै सांसद अधिकारीले प्रदेश ४ कै पर्यटन प्रवद्र्धन गर्ने गरी दिगो ढंगले समयमै सोचेर योजना बनाउनुपर्नेमा जोड दिए ।
प्रदेशको राजधानी निर्विकल्प रहेको पोखरा अन्य क्षेत्र भन्दा अझ बढी आर्थिक विकास र समृद्धिको सम्भावना भएको सांसद अधिकारीले बताए । देशकै लोकप्रिय महोत्सवको रुपमा रहेको सडक महोत्सवलाई आन्तरिक पर्यटक संगै बाह्य पर्यटन प्रवद्र्धनलाई आकषर्ण गर्ने विभिन्न प्याकेज दिन सक्नुपर्नेमा उनको जोड थियो ।
पोखरा विश्वकै नमूना पर्यटकीय स्थल भएको र यो विश्वमै उदाहरणीय रहेको प्रसङ्ग कोट्याउँदै उनले भने, ‘हामीले एउटा राम्रो सभ्यता र संस्कार दिएका छौं, यहाँ बेलुका रातीसम्मै पर्यटक बस्छन्, खान्छन्, रमाउँछन् तर कुनै घट्ना घट्दैन, शान्त र सुरक्षित छ, यस्तो अन्त कतैपनि हुँदैन ।’

फरक प्रसंगमा, सांसद अधिकारीले राजनीतिक अलमलले सरकार बन्न ढिलाई भएकोमा गुनासो गरे । उनले भने ‘जनताले दिएको म्यान्डेडलाई कार्यान्वयन गर्न ढिलाई भई रहेको छ, अब छिट्टै नयाँ सरकार बनेर आर्थिक विकास समृद्धिको बाटो खुल्ला पार्नु पर्छ ।’ जनादेश अनुसार नै दलहरु अघि बढ्नुपर्ने भन्दै उनले जनादेश बमोजिम सरकार बन्ने पनि बताए ।
केरुङ–काठमाडौं–लुम्बिनी हुँदै पोखरा रेल आउने दाबी गर्दै त्यसपछि सडक मार्ग, हवाई मार्ग र रेलबाट विदेशी पर्यटक आएपछि पोखरामा पर्यटक पुग्दो हुने उनको भनाई थियो ।
कार्यक्रममा कास्कीका निर्वाचित सांसद राजिव पहारी, कृष्ण थापा, रामजी बराल जिवन, दिपक कोईराला रुपक, विन्दुकुमार थापाले पोखराको आर्थिक विकास र समृद्धिमा यहाँ रहेका ताल तलैया, कृषिको सम्भावनालाई उजागर पारी युवा रोजगारलाई प्रोत्साहन गरी पोखरा क्षेत्रमा पर्यटन पुर्वाधार निमार्णमा जोड दिएका थिए ।
रेवान पोखराका अध्यक्ष एंव कार्यक्रम संयोजक चौ बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मान बहादुर जिसी, पश्चिमाञ्चल क्षेत्रिय प्रशासक लक्ष्मण अर्याल, कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्मा, निवर्तमान अध्यक्ष गोपी भट्टराई, द्धितीय उपाध्यक्ष लक्ष्मण बराल लगायतले बोलेका थिए ।
https://www.facebook.com/Rabindra.Adhikari.UML/videos/1347800951990548/
सम्बन्धित खबर
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा