पोखरा– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय कास्की पोखरा पुगेर आइतबार श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् । श्रेष्ठको प्रस्तावकमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत छन् । उम्मेदवार्ता दर्ता गर्न नेकपाकै भगवती न्यौपाने पनि श्रेष्ठसँगै गएकी थिइन् ।
नेकपाको सचिवालय बैठकले गण्डकी प्रदेशको अन्यबाट श्रेष्ठलाई उठाउने निर्णय गरेको थियो ।न्यौपाने महिलाबाट उम्मेदवार छिन् । माघ ९ गते रिक्त राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेद्वारले मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
रिक्त १८ पदमा माघ ९ गते निर्वाचन हुँदैछ । त्यसका लागि सम्बन्धित प्रदेशमा रहेका निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारले मनोनयन दर्ता गराउनु पर्छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश २ मा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनता पार्टी राजपाले तालमेल गरेका छन् । यहीं नेपाली कांग्रेस र समाजवादी पार्टीले पनि दुई–दुई सिट बाँड्ने गरी तालमेल गरेका छन् ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु