सेप्टेम्बरदेखि फैलिएको डढेलो कारण अस्ट्रेलियामा कयौँ वन्यजन्तु मरेका छन् । घना जंगल, झरेका पात, सुकेका रुख तथा तीव्र गतिको हावाका कारण आगो अनियन्त्रित भएको हो । आगलागी नियन्त्रणमा आउन सकिरहेको छैन । यसले अष्ट्रेलिया सरकारलाई मात्र समस्यामा पारिरहेको छैन, यसको बढ्दो क्षतिले विश्व समुदायलाई नै अत्याएको छ । चार महिनादेखिको डढेलो नियन्त्रणमा आउने भन्दा बढी नियन्त्रण बाहिर गइरहेको छ । गत सेप्टेम्बरदेखि लागेको यो डढेलोले मानिस र जनावरलाई भयानक रुपमा प्रभाव पार्दा विश्व समुदाय नै चिन्तित बनेका छन् ।
डढेलोका कारण अहिलेसम्म १८ जनाको ज्यान गइसकेको छ भने करिब ५० करोड जनावर र पंक्षीहरुको मृत्यु भइसकेको छ । आगोले २०० बढी घरमा पनि क्षति पुगेको छ । थुप्रै मानिसहरु अहिले पनि आगोबाट प्रभावित क्षेत्रमा बसिरहेका छन् । युनिभर्सिटी अफ सिड्नीको इकोलोजिस्टले अहिलेसम्म ५० करोड जनावर डढेर मरिसकेको उल्लेख गरेको छ । यसमा स्तनधारी पशुपंक्षीका साथै घस्रने जनावर पनि समावेश छन् । न्यू साउथ वेल्स रुरल फायर सर्भिस (आरएफएम) ले जंगलको डढेलोका कारण नावरा नजिकैको उत्तरी किनारमा आफ्नै मौसम प्रणाली विकसित भएको जनाएको छ । यसलाई आरएफएसले निकै नै खतरनाक स्थिति बताएको छ ।
यो डढेलो अष्ट्रेलियाको भिक्टोरिया र न्यू साउथ वेल्सको तटीय इलाकामा सबैभन्दा धेरै फैलिएको जनाइएको छ । आगलागीका कारण हावा र विषालु धुँवाका कारण पूर्वी तटमा रहेको इलाकामा जीवनयापन निकै मुस्किल भएको छ । मानिसहरु घर छोडेर भागिरहेका छन् । मृतकको संख्या लगातार बढिरहेको छ । अष्ट्रेलिया सरकारले थुप्रै इलाकामा संकटकालको घोषणा गरेको छ ।
भिक्टोरियाको स्थिति थप भयानक बनिरहेको छ । शनिबार तीव्र गतिको हावाका कारण आगो थप फैलिएको छ । बढ्दो तापक्रमका कारण अग्नी नियन्त्रणमा खटेका समूहले ठूलो समस्या व्यहोर्नु परेको छ । थुप्रै स्थानमा तापक्रम ४५ देखि ४७ डिग्रीसम्म पुगेको छ । मौसम विभागका अनुसार हावाले थप आगो फैलाइरहेको छ । यसबाट आउने धुँवाले उद्दार कार्यमा बाधा पुयाइरहेको छ । आगोका कारण हजारौं मानिसहरु घर शहर छोडेर शरणार्थीको रुपमा बस्न बाध्य छन् । न्यू साउथ वेल्सको मध्य–उत्तरी इलाकामा सबैभन्दा धेरै जनावरको बसोबास छ । तर, जंगलमा लागेको आगोका कारण उनीहरुको जनसंख्यामा भारी गिरावट आएको छ । एउटा सानो आगोको फिलुङ्गोले कतिसम्मको विध्वंस मच्चाउन सक्दोरहेछ भन्ने उदाहरण अष्ट्रेलियाको डढेलोले विश्वलाई प्रमाणित गरिरहेको छ ।
अस्ट्रेलियमा मात्रै एउटा यस्तो महादेश हो जहाँ २४४ प्रजातिका वन्यजन्तुहरु पाइन्छन्। डिकम्यानका अनुसार २ सय वर्षको अवधिमा अस्ट्रेलियमा मात्रै करिब ३४ प्रजातिका रैथाने स्तनधारी जीवहरु हराइसकेको उनले शुक्राबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आगलागीका कारण अस्ट्रेलियमा ५८ लाख हेक्टर जमिनमा डेढेलो फैलिएको छ। यो डढेलो सन् २००३को अमेरिकाको क्यालिफोर्नियामा लागेकोभन्दा विनाशकारी छ। क्यालिफोर्नियाको आगलागी ४० लाख हेक्टर जमिनमा फैलिएको थियो।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु