जमुना वर्षा शर्मा । पोखरा देखि करीब २५ किलोमिटरको दुरीमा रहेको रुपा गाउँपालिकाले ३२ वटा डाँडा थुम्कालाई जोडेर अन्तराष्ट्रिय स्तरको बहुउद्देश्यीय ट्रयाक बनाउने भएको छ । पर्यटकीय दृष्टिकोणबाट आर्कषक मानिने गाउँपालिकाले उक्त योजनालाई मूर्त रुप दिन अहिले डिपिआर तयार गरिरहेको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए ।
“एउटा वृहत योजनालाई साकार पार्ने गृहकार्यमा लागेका छौ । सबैको सकारात्मक सुझाव र साथ मिलिरहेको छ ” ओझाले भने “रुपा गाउँपालिका आफैमा एक पर्यटकीय गन्तव्य हो । यसको प्राकृतिक सौन्दर्यलाई जोगाएर थप आर्कषक बनाउन हामी लागेका छौ ।”
गाउँपालिकामा रहेका ३२ थुम्कालाई सडक सञ्जालबाट जोडेर एक महिना पर्यटक भुलाउने गरि अन्तराष्ट्रिय स्तरको बहुउद्देश्यीय ट्रयाक बनाउन लागिएको उनले जानकारी दिए । उनका अनुसार प्रत्येक थुम्कामा विभिन्न जातजातिको पहिचान झल्कने गरी संग्राहलय बनाइने छ । त्यस्तै स–साना कटेज देखि सेमिनार हल समेत बनाइन, सार्क मुलुक र विश्वकै प्रख्यात व्यक्तित्वहरुको शालिक र जीवनीलाई समेत त्यहाँ राखेर बाहिरी मुलुकका पर्यटकलाई आर्कषण गरिने छ ।
तत्कालिन पर्यटन मन्त्री स्व। रविन्द्र अधिकारीले १० लाख रकम उपलब्ध गराएसँगै अघि बढेको यस कार्यलाइ मूर्तरुप दिन सरोकारवाला एवं विज्ञहरुसँग छलफल जारी रहेको ओझाले बताए । बहुउद्देश्यीय ट्रयाकका लागि पूर्व स्वास्थ्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य खगराज अधिकारले समेत चासो देखाएका छन् ।
उनले भने “रुपा गाउँपालिका चाल्र्स रुटले पनि अन्तर्राष्ट्रिय जगतमा चिनिन्छ, बेलायतका राजकुमार चाल्स यहि बाटो भएर सुन्दर अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको अवलोकन गरेका थिए । सातताल रुपा, वेगनास, न्युरेनी, दिपाङ, खास्टे, मैदी, गुँदे, तालको अवलोकन समेत यहाँबाट गर्न सकिन्छ । यसको प्रबर्द्धन गरेर अन्तर्राष्ट्रिय रुपमा चिनाउन यो योजना सफल हुनेछ ।” स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम मार्फत यस क्षेत्रको सडक सञ्जाल लागि गत वर्ष र यस वर्ष गरी २ करोड रकम छुट्टाएको उनले बताए ।
“पक्कि बाटो, ट्रेकिङ रुटको स्तरोन्नती भइरहेको छ ,यसको साथै रुपा तालमाथि झोलुङे पुल वा सिसाको पुल के बनाउने भन्ने पनि विज्ञहरुसँग छलफल भइरहेको छ ।” अधिकारीले भने “रुपा र मादी गाउँपालिका बीच समन्वय गरेर यस क्षेत्रको थप विकास गर्न सकिन्छ ।”
त्यसैगरी गण्डकी प्रदेश सभा सदस्य एवं अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले पनि यस योजनालाई मूर्त रुप दिन आफुले लागि परेको बताए । “३२ थुम्कालाई जोडेर जुन योजना अघि सारिएको छ, यसले आन्तरिक तथा बाह्य पर्यटकलाइ निकै लोभ्याउने छ, प्रकृतिले सबै दिएको छ, मात्र हामीले केहि व्यवस्थित गर्न सक्यौ भने मात्र पनि पुग्ने छ ।” उनले यसलाई प्रकृतीसँगै संस्कृतिलाई जोडेर अन्तराष्ट्रिय रुपमा पुर्याउन सकिने बताए ।
रुपा गाउँपालिका रोयल ट्रेकले पनि प्रसिद्ध छ । बेलायतका राजकुमार चाल्स र नेपालका राजकुमार दिपेन्द्रले समेत पदयात्रा गरेका पदमार्गको संरक्षण गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षक गर्ने अर्को योजना पनि अघि सार्दै कार्यआरम्भ गरेको ओझाले बताए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’