पोखरा । गण्डकी प्रदेशमा ड्याटसन कम्पनीको युरो मापदण्डका नयाँ गाडीबाट ट्रायल दिने व्यवस्था सुरु भएको छ । सम्झौता अनुरुप नयाँ व्यवस्थापनमा ट्रायल सुरु भएको हो । कारको ३ सय रुपैयाँ शुल्क लाग्नेमा २४ रुपैयाँमा ट्रायल दिन पाइने भएको छ ।
सनराइज ड्राइभिङ स्कुल अन्तर्गतको कुसुम सप्लायर्स र यातायात व्यवस्था कार्यालय गण्डकीको सहकार्यमा सुरु भएको ट्रायल छुटले धेरैलाई राहत मिल्ने विश्वास लिइएको छ । सवारी चालक अनुमति पत्र गण्डकी प्रदेशका शाखा अधिकृत भरतराज काफ्ले, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका नायब उपरिक्षक टेकबहादुर कार्की, सनराइज ड्राइभिङ स्कुलका अध्यक्ष बसन्त भट्टचन र दीपक गुरुङले बिहीबार संयुक्त रुपमा नयाँ व्यवस्थापन सहितको ट्रायल दिने गाडीको रिबन काटेर उद्घाटन गरे ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र गण्डकी प्रदेशका शाखा अधिकृत भरतराज काफ्लेले नयाँ मोडेलका गाडीले ट्रायल दिँदा केही समय पास रिजल्ट राम्रो नआए पनि दीर्घकालीन रुपमा समाज र सडकमा समेत राम्रो प्रभाव पर्ने बताए । उनका अनुसार गण्डकी प्रदेश भित्र कारको सवारी चालक अनुमति पत्र लिनका लागि अबदेखि ड्याटसन २०१९ मोडेलकै गाडी सम्झौता भएको र यही गाडीमै ट्रायल हुने छ । ‘पुराना मोडेलका गाडीहरुमा अबदेखि ट्रायल हुने छैन,’ रिबन काटेपछि उनले भने, ‘आजदेखि नयाँ मोडेलको गाडीले ट्रायल दिने व्यवस्था सुरु भएको छ । परिवर्तन हुनुपथ्र्यो । भएको छ ।’ नयाँ गाडीले दुई-चार दिन पास नभए पनि दीर्घकालीन रुपमा सडक दुर्घटना कमी हुने र सक्षम भएर लाइसेन्स लिन सक्ने जनशक्ति तयार गर्नुपर्ने उनको भनाई छ ।
सनराइज ड्राइभिङ स्कुलका सञ्चालक लेखनाथ सुवेदीका अनुसार ट्रायलमा नयाँ मोडेलका गाडीहरु सुरु भए संगै परीक्षार्थीले घुमाउरो पाराबाट लाइसेन्स लिन नलागी आफैं सक्षम भएर लाइसेन्स लिने सक्ने छन् । अबदेखि पुराना, मिती नाघेका, मापदण्ड विपरीतका गाडीमा नभई युरो मापदण्डका गाडीमै सिक्ने र ट्रायल दिने व्यवस्थाले सबैलाई सहज हुने विश्वास लिएको उनले बताए । साथै, सनराइज ड्राइभिङ स्कुलको रंगशाला गेट अघि, फूलबारी, बिरौटा शाखामा ट्रायल दिने मोडेलकै नयाँ गाडीहरु उपलब्ध भएकाले यस गाडीको बारेमा ट्रायल अघि जानकारी लिन र सिक्न आउनका निम्ति पनि उनले अनुरोध गरेका छन् ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो