पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले नेपाल भ्रमण बर्ष २०२० तयारी विना ल्याइएको भन्दै आलोचना गरेका छन् । पोखरामा शनिवार आयोजित पश्चिमाञ्चल होटलसंघको ३९ औं साधारण सभाका अवसरमा बोल्दै उनले पुर्वाधार र राम्रा सडक नहुँदा पनि भ्रमण बर्ष चुनौतिपूर्ण हुने उनले बताए ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पनि उनले संघ सरकारसँग माग गरे । पोखराको सम्पन्न छैठौ नगर परिषद्ले यस्तो प्रस्ताव पारित गरेको जानकारी पनि उनले दिए । होमस्टेको मापडण्ड महानगरले बनाउन लागेको भन्दै गाँजा तान्न कतिपय युवा होमस्टेमा जाने गरेको आरोप पनि उनले लगाए । सुरक्षा र सूचना प्रविधी पनि होमस्टेमा आबश्यक पर्ने उनले बताए । होमस्टेमा हाइजिनिक र त्यहींको उत्पादन हुनु पर्ने पनि उनले सुझाव राखे ।
पोखरा आउने पर्यटकको तथ्यांक राख्न जरुरी भएको भनाई पनि उनले राखे । सेती खोचलाई पर्यटकीय सम्पदाको रुपमा विकास गर्न खोजेको जानकारी पनि उनले दिए । नक्षत्र पार्कको स्थापना पनि पोखरामा गरिने उनले सुनाए । यसले पोखरामा पर्यटकको बसाई अवधि लम्बिने जीसीले बताए । होटलको ट्यारिफ सबै देशका नागरिकलाई समान भए राम्रो हुने सुझाव उनले राखे ।
फेवा तालको मापदन्ड ६५ मिटर लागू गर्न त्यो क्षेत्र भित्रको जग्गाको मुअब्जा दिन आबश्यक रकम जुटाउने कार्य चुनौतिपूर्ण रहेको बताए । भ्रमण बर्ष सफल पार्ने तर्फ सबैको शोच हुनु पर्ने उनले सुनाए । पर्यटक किन आउने भन्ने विषय प्रष्ट हुनु पर्ने भन्दै यहाँको शान्तिसुरक्षा महत्वपूर्ण पाटो भएको प्रमुख जीसीले बताए । पर्यटक स्वास्थ्य केन्द्र खोल्न जग्गा उपलब्ध गराउन प्रमुख जीसीले वडा नम्बर ६ सँग आग्रह गरे ।
यसैबीच, पश्चिमाञ्चल होटल संघ पोखराले प्रबद्र्धनको अभियानलाई थप विस्तारित गर्ने भएको छ । योजना अनुसार गण्डकी प्रदेश र सिंगो नेपाललाई बंगलादेश र कोलकतामा प्रबर्द्धन गर्ने कार्यक्रम अगाडि सारिएको छ । संघले झन्डै १८ बर्षदेखी आन्तरिक बजारमा जाउँ है पोखरा र सन् २०१२ देखि भारतीय बजारमा चलिय पोखरा अभियान पनि संचालन गर्दै आएको छ । तेश्रो मुलुकहरुमा समेत संघले यस्ता प्रबर्द्धन अभियान संचालन गर्दै आएको छ ।
संघ पोखराका अध्यक्ष विकल तुलाचनले पोखरालाई यथाशक्य छिटो पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने भनाई राखे । पर्यटकीय पूर्वाधारको विकासका लागि स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने सुझाव पनि उनले सो अवसरमा बताए । कोरोना जस्तो भाइरसबाट पर्यटन क्षेत्रलाई थप प्रभावित हुन नदिन सरकार र व्यवसायी तथा स्वयं पर्यटक समेत सचेत हुनुपर्ने भनाई उनको थियो ।
सो अवसरमा होटल संघ नेपालका महासचिव साजन शाक्यले जाउँ है पोखरा र चलिय पोखरा अभियानले यहाँको पर्यटनमा सकारात्मक प्रभाव परेको बताए । पोखराको ब्राण्डिङ गर्न सके थप राम्रो हुने भनाई उनको थियो ।
पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पोखराका सबै सडकहरु कालोपत्रे गर्ने तर्फ पोखरा महानगरको ध्यान हुनुपर्ने भनाई राखे । कार्यक्रमहरु गर्दा फरक शैली तथा छोटोछरितो गर्नेतर्फ समेत पश्चिमाञ्चल होटल संघले ध्यान दिन थालेको उनले सो अवसरमा बताए ।
पश्चिमाञ्चल होटल संघ पोखराका महासचिव गणेशराज पहारीले संघले यो बर्ष सम्पन्न गरेका कार्यक्रम र भावी कार्यक्रम प्रस्तुत गरेका थिए । भ्रमण बर्ष सफल पार्न स्थानीय र प्रदेश सरकारसँग समन्वय गरिने भनाई उनले राखे ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प