मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १८औँ संस्करण फागुन चौथो साता हुने भएको छ। आयोजक सहारा क्लबले आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै फागुन २२ देखि चैत १ गतेसम्म हुने जानकारी दिएको हो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबस्तरीय गोल्डकप फुटबल प्रतियोगिता अखिल नेपाल फुटबल संघ एन्फाले तोकेकै मितिमा नै गर्ने क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए। प्रतियोगिता निर्माणाधीन पोखरा रंगशालामा नै गर्ने तयारी गरिएको छ।
प्रतियोगितामा ए डिभिजन र मोफसलका क्लबहरु, विदेशी टोली र आयोजक सहारा क्लबसहित १० टोलीको सहभागिता रहने क्लबका अध्यक्ष केशव थापामगरले जानकारी दिए। प्रतियोगितामा वेष्ट अफ फाइभ, हरेक खेलमा म्यान अफ दि म्याच, सर्वाेत्कृष्ट खेलाडीको लागि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
https://www.facebook.com/goalnepalkaskiofficial/videos/1094698784255551/
प्रतियोगिताका विजेताले पाउने पुरस्कार रकमका बारेमा अर्को पत्रकार सम्मेलनमा जानकारी गराइने आयोजकले जनाएको छ। प्रतियोगिता सञ्चालनका लागि ९९ लाख ३८ हजार ५ सय रुपैयाँ खर्च हुने र १ करोड १८ लाख १ हजार रुपैयाँ आम्दानी हुने आयोजकले अनुमानले गरेको छ।
क्याराभान गोल्डकपसहित १९ वर्षदेखि प्रतियोगिता आयोजना हुुँदै आएको छ। प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमी सञ्चालनका लागि खर्च गरिने क्लबका अध्यक्ष थापामगरले बताए। एकेडेमीको तेस्रो ब्याचमा हाल १५ जिल्लाका २४ बालकहरु आश्रित छन्।
सम्बन्धित खबर
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग