मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १८औँ संस्करण फागुन चौथो साता हुने भएको छ। आयोजक सहारा क्लबले आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै फागुन २२ देखि चैत १ गतेसम्म हुने जानकारी दिएको हो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबस्तरीय गोल्डकप फुटबल प्रतियोगिता अखिल नेपाल फुटबल संघ एन्फाले तोकेकै मितिमा नै गर्ने क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए। प्रतियोगिता निर्माणाधीन पोखरा रंगशालामा नै गर्ने तयारी गरिएको छ।
प्रतियोगितामा ए डिभिजन र मोफसलका क्लबहरु, विदेशी टोली र आयोजक सहारा क्लबसहित १० टोलीको सहभागिता रहने क्लबका अध्यक्ष केशव थापामगरले जानकारी दिए। प्रतियोगितामा वेष्ट अफ फाइभ, हरेक खेलमा म्यान अफ दि म्याच, सर्वाेत्कृष्ट खेलाडीको लागि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
https://www.facebook.com/goalnepalkaskiofficial/videos/1094698784255551/
प्रतियोगिताका विजेताले पाउने पुरस्कार रकमका बारेमा अर्को पत्रकार सम्मेलनमा जानकारी गराइने आयोजकले जनाएको छ। प्रतियोगिता सञ्चालनका लागि ९९ लाख ३८ हजार ५ सय रुपैयाँ खर्च हुने र १ करोड १८ लाख १ हजार रुपैयाँ आम्दानी हुने आयोजकले अनुमानले गरेको छ।
क्याराभान गोल्डकपसहित १९ वर्षदेखि प्रतियोगिता आयोजना हुुँदै आएको छ। प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमी सञ्चालनका लागि खर्च गरिने क्लबका अध्यक्ष थापामगरले बताए। एकेडेमीको तेस्रो ब्याचमा हाल १५ जिल्लाका २४ बालकहरु आश्रित छन्।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला