तनहुँ । तनहुँको आँबुखैरेनीमा माइक्रो र बस ठोक्किँदा १७ जना घाइते भएका छन् । पोखराबाट काठमाडौं जाँदै गरेको बा ३ ख ४२०१ नम्बरको माइक्रो र नारायणगढबाट बेसिसहर जाँदै गरेको ना ४ ख ६३५७ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको हो । आबुखैरेनी-२ स्थित नरिघाटमा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपि लिलाराज लामिछानेले जानकारी दिए ।
घाइतेलाई आँबुखैरेनी स्थित हाडजोर्नी अस्पतालमा सामान्य उपचारपछि १ जनालाई काठमाडौं, ८ जनालाई भरतपुर चितवन स्थित पुरानो मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । बाँकीको घाइतेको आँबुखैरेनीमा नै उपचार भइरहेको छ ।
दुर्घटनामा माइक्रो चालक तनहुँ डुम्रे निवासी विरध्वज थापा मगर समेत गम्भीर घाइते भएका छन् । सप्तरि अमनीशाही गाउँपालिका-६ का ३२ वर्षीय अर्जुन गौतमको काठमाडौ स्थित बि एण्ड बि अस्पतालमा उपचार भईरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अधिकारी नै, नियुक्ति विरूद्धको रिट सर्वोच्चद्वारा खारेज
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
आठौं पोखरा स्पोर्ट्स अवार्ड : ४ विधाको मनोनयन सार्वजनिक
म्याग्दीमा उच्च गतिको विद्युत् प्रवाहले ६० घरमा क्षति, ५ जना घाइते
कैदी बन्दी न्यायिक सरोकारमा नल बहादुर मनोनित
वालिङमा चक्कु प्रहारबाट २० वर्षीय युवकको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग