पोखरा । देशकै ठुलो शैक्षिक सस्थाको रुपमा रहेको पोखराको पृथ्वी नारायण क्याम्पसको पठनपाठन संचालन भएको छ । विगत एक हप्ता देखी नेपाल आशिंक प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पस इकाई पोखरा द्वारा क्याम्पसमा अध्यापनरत आंशिक शिक्षकहरुले दैनिक ज्यालादारी प्रथाको अन्त्य हुनु पर्ने माग राख्दै आन्दोलन स्वरुप कक्षा वहिस्कार गरेका थिए । आशिंकहरुको कक्षा वहिस्कारका कारण एक हप्ता क्याम्पसको पठनपाठन पुर्ण रुपमा वन्द भएको थियो ।
आशिंक प्राध्यापकहरुले आन्दोलनमा उठाएका मागहरु प्रति त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि, पृथ्वीनारायण क्याम्पस प्रशासन र आशिंक प्राध्यापक संघका प्रतिनिधि विच भएको त्रि–पक्षीय वार्ता मार्फत समस्या समाधान गर्न सहमति गर्ने निर्णय सँगै आन्दोलन तत्कालका लागि स्थगित गरिएको आशिंक प्राध्यापक संघका अध्यक्ष सुनिल गौतमले जानकारी दिए । उनले भने– ‘आन्दोलन एक अभियान हो हाम्रो चाहना विद्यार्थीले पढ्ने अधिकारलाई रोक्ने कदपि हाईन त्यसैले नजिकिदै गरेको स्ववियु निर्वाचन आन्तिरिक रुपमा चलेका परिक्षाहरु र हिउदे विदा पछाडी कक्षा नहुदा पठनपाठन अस्तव्यस्त भएको भन्दै आन्दोलन तत्कालका लागि स्थगन गरेका हौं ।’
क्याम्पस प्रमुख प्राध्यापक चन्द्र वहादुर थापाले जसरी पनि आशिंकको मागलाई सम्वोधन गर्ने प्रतिवद्धता जनाए । उनले भने– ‘यो समस्या आशिकको मात्रै होईन मेरो र समग्र त्रिभुवन विश्वविद्यालयको हो त्यसैले जती सक्दो चाढो समस्या समाधान गर्ने तर्फ हामी लागि पछौं ।’
आन्दोलनरत पक्षले आन्दोलनका क्रममा साथ सहयोग दिनुहुने त्रि.वि. प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस इकाई, नेपाल प्रगतिशिल प्राध्यापक संगठन, प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल प्रगतिशिल प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन लगायत बिभिन्न वैचारिक संघसंगठनका केन्द्रीय तथा प्रदेश प्रतिनिधिहरु, पृथ्वीनारायण क्याम्पस व्यवस्थापन समिति, विभिन्न राजनैतिक दलका प्रतिनीधिहरु, त्रि.वि.कर्मचारी सङ्घ, अनेरास्ववियू, नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु छैटौँ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ लगायत हाम्रो अभियानमा सहयोग गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक आभार व्यक्त समेत गरे ।
विगत १४ वर्ष देखि दैनिक ज्यालादारीका रुपमा अध्यापन गराईरहेका २ सय १८ जना आशिक प्राध्यापकहरुले सामुहिक राजिनामा दिने भन्दै आन्दोलनमा उत्रिएका छन् । संघका सचिव खिमानन्द पौडेलका अनुसार क्याम्पसको कतिपय अवस्थामा त नियमित कक्षा संचालन भैरहेको र कोर्ष नसकिएको अवस्थामा समेत कक्षा बन्दभएको सुचना जारी गरी पठनपाठन भएको दिनको समेत पारिश्रमिक दिईंदैन ।
पाठ्यक्रमले प्रस्ट रुपमा १५० पिरियड अध्यापन हुने निर्धारण गरेको भएपनि मुस्किलले एक शैक्षिक सत्र मा १०० दिनको पारिश्रमिकमा आंशिक प्राध्यापकहरु पुरा शैक्षिक सत्र प्राध्यापन गर्न बाध्य छन् । उनले भने–“यस हिसाबले सोही बराबरको कामगर्ने पुर्णकालिन प्राध्यापक को करिब १० प्रतिशत पारिश्रमिकमा नै आशिंक प्राध्यापकहरु सेवारत छन ।”
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प