गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
चितुवाले तनहुँका विभिन्न स्थानमा आतंक मच्चाएको छ । नौ बालबालिकाको ज्यान लिइसकेको छ । ४ बालबालिका मुस्किलले बचे । ६ वटा चितुवालाई खोरमा पारिसकिएको छ । एउटा मृत भेटियो । तनुहँबासी आतंकित भइरहेका बेला कास्कीमा पनि चितुवा देखा परेको छ । त्यो पनि विद्यालयमै ।
पोखरा ३२, तल्लो गगनगौंडास्थित हिमालय आधारभूत विद्यालय परिसरमा चितुवा पसेपछि मंगलवार करिब दिनभर स्थानीय त्रसित बनेका छन् । बिहान करिब १० बजे एक्कासी विद्यालय परिसर चितुवा देखिएपछि स्थानीय त्रसित बनेका हुन् । पछि सो चितुवा लखेड्दै जाँदा सोही स्थानमा रहेको मुस्ताङ जीआई वायर इण्डट्रिज एण्ड सप्लायर्स प्रा.लि.मा रहेको घरभित्र छिरेपछि झन् आतंक मच्चिएको हो । स्थानीयवासी, लेखनाथ सवडिविजन वन कार्यालयका कर्मचारी, वडा प्रहरी कार्यालय पावरहाउसको सुरक्षा निकायले घरभित्र लुकेको सो चितुवालाई सुरक्षा दिए ।
यस्तै, चितवन राष्ट्रिय निकुन्जका डटिङ्ग टोली सोही स्थानमा आई चितुवा बेहोस बनाई खोरमा राखेर लगिएको लेखनाथ सव-डिभिजन कार्यालयका सहायक वन अधिकृत रामबहादुर बिकले जनाए। सो चितुवा छिमेकी शुक्लागण्डकी २, बाङे्रह थेप्चे सामुदायिक वनबाट आएको अनुमान गरिएको छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु