गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तमुहरुले मुलुकमा भएका परिवर्तनको आत्मसात गर्न सक्नुपर्ने बताएका छन् । लाहुरे मात्रै होइन शिक्षा, राजनीति, शासन, प्रशासनमा तमुहरुकोले जोड दिनुपर्ने उनको भनाई छ ।
पोखरा १३ जयगंगा मार्गस्थित मिलिजुली विजयपुर तमु समाजले आफ्नो रजत जयन्ती दुइदिने विविध कार्यक्रम गरी मनाएकोमा त्यस कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिलाई फोहोरी खेल ठान्ने र राजनीति तमुले गर्ने होइन भनिरहने हो भने भ्रष्ट मान्छेहरुकै राज हुने भएकाले इमान्दार तमुहरुले मुलुक हाँक्ने राजनीतिको अगुवाई गर्न सक्नुपर्ने बताए । असल भावनाले समाजसेवा गरिरहनु भएको छ, अब समाजसेवाको ठाँउमा राजनीति जरुरी छ भन्दै विदेशमा गुलामी होइन नेपालमै मालिक बन्नुपर्ने उनको जोड थियो ।
रजत जयन्ती स्मारिका बिमोचन गर्दै उनले घर घरमा पढ्ने वातावरणका लागि आमाहरुलाई विशेष आग्रह गर्नुभयो। छोरीहरु लाहुरेको कोशेली पर्खेर बस्ने होइन आफै शाखा अधिकृत, मेनेजर भएर जिम्मेवारी बहन गर्ने सोंच लिनुपर्ने मुख्यमन्त्रीले सुझाए ।
तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले शुभकामना व्यक्त गर्दै हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने तमुहरु आजको आवाश्यकता भएको बताउनुभयो। तमु एकता, पहिचान र अधिकारका लागि जोड दिन आग्रह गर्नुभयो जति राम्रो नृत्य प्रस्तुत गरिरहेकाछौं, त्यसरी नै शासन प्रसासनको कुर्चीमा तमुहरुको नाच्नुपर्दछ भन्दै तमु धिं नेपालद्धारा आयोजना गरिने लोक सेवा आयोगको निःशुल्क तयारी कक्षामा सहभागिताका लागि आव्हान गरे ।
कानुन विषयमा स्नातकोत्तर उत्तिण भएको भन्दै सम्मानित तमु धिं नेपालकी सचिव अधिवक्ता जुना गुरुङले शुभकामना व्यक्त गर्दै शिक्षा, राजनीति र नेतृत्वमा जोड दिन तमुहरुलाई आग्रह गरिन् ।
मिलीजुली विजयपुर तमु समाजका अध्यक्ष ईन्स्पेक्टर मानकाजी तमुको अध्यक्षतामा भएको कार्यक्रममा फुलवारी तमु समाजका अध्यक्ष तिलबहादुर तमु, कामना टोल विकास संस्थाका अध्यक्ष कृष्णराज गौतम, समाजका कार्यसमिति सदस्य कामना तमु लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत उपाध्यक्ष खड्गबहादुर तमु र संचालन सचिव चिनबहादुर तमुले गरेका थिए ।
उक्त कार्यक्रममा रजत जयन्ती समारोह सम्पन्न गर्न सहयोग गर्ने १०१ वर्षीया जेष्ठ नागरिक पुर्णकुमारी तमु लगायत सहयोगीहरुलाई सम्मान गरिएको थियो भने समाजका कलाकारहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै मनोरञ्जन दिलाएका थिए ।
रजत जयन्तीको पहिलो दिन प्रदेश सभा सदस्य मनबहादुर तमुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। पहिलो दिन स्वास्थ्य शिविर आयोजना गरी समाजका सदस्यहरुलाई स्वस्थ परिक्षणका साथै स्वास्थ्य सचेतना गराइएको थियो भने विविध खेलकुद र साँस्कृतिक कार्यक्रम गरिएको समाजका अध्यक्ष ई।मानकाजी तमुले जानकारी दिए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो