काठमाण्डौ-पोखरा-काठमाण्डौ उडान भर्ने श्री एयरलाइन्सले सस्तो भाडादर कायम गरेको निकै प्रचार भयो । सबै औधी खुशी पनि भए । सोहि भाडादर बुद्ध एयरलाइन्स लगायतले पनि कायम गरेको इ-टिकट काट्नेहरुले देखे । तर, श्रीले सधैं यही दरमा यात्रु नउडाउने स्पष्ट सन्देश दिएको छ ।
विदेशी पर्यटकलाई डलर फेयर भने हाललाई सस्तो बनाएको छ । पोखरामा प्रवेशसँगै श्रीले ८४ डलर मै विदेशीहरुलाई सेवा दिन थालेको छ । नेपालीहरुलाई भने २ हजार रुपैयाँमै काठमाण्डौ पोखरा उडान गरिरहेको छ । पोखरा काठमाण्डौको २६ सय लिएको छ ।
शुक्रबारबाट सेवा सुरु गरिएको छ । यी त नयूनतम मूल्य मात्रै भएको एयरलाइन्सले स्पष्ट पारेको छ । विदेशीहरुको लागि १ सय १० हुँदै १ सय २३ डलरमा उडान गर्ने र नेपालीलाई ३ हजार ७ सय,४ हजार २ सय र ५ हजारसम्म भाडादर निर्धारण गरिएको प्रवन्धक अनिल मानन्धरले जानकारी दिए । सिजन अनुसार भाडादरमा केहि तल माथि हुने उनको भनाइ छ ।
यसो भएमा यो केही समयको विजनेश फण्डा मात्रै हुनेछ । श्री एयरलाइन्सले शुक्रबारबाट पर्यटकीय नगरी पोखरामा नियमित उडान सुरु गरेको हो । ८० सिट क्षमता भएको क्यू ४०० जहाज मार्फत श्रीले दैनिक २ उडान गरिरहेको छ । आवश्यक परे ५ उडान समेत गर्न सक्ने जनाइएको छ । श्रीको जहाज ठूलो र उचाईबाट उड्ने भएकाले २० मिनेटमा गन्तव्यमा पुग्न सकिन्छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प