पोखरा । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय पोखराद्वारा पोखरा पिस रिट्रिट सेन्टर अन्तर्गत दिव्य शान्ति अनुभूति केन्द्रको भवन शिलान्यास गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं. ११ फूलबारी स्थित शिवशक्ति मार्गमा निर्माण हुने सो केन्द्रको शिलान्यास गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, माउण्ट आबूबाट आउनुभएकी वरिष्ठ राजयोग प्रशिक्षक राजयोगिनी शिलु दिदी, आन्तरिक मामिला एवं कानून मन्त्री हरिबहादुर चुमान, संस्थाकी नेपाल निर्देशक राजयोगिनी परिणीता दिदी लगायतको उपस्थितिमा सम्पन्न भयो ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकारको तर्फबाट केन्द्रको निर्माणको कार्यको सफलतापूर्वक सम्पन्नताको शुभकामना दिँदै जहाँ आध्यात्मिक चेतना विकसित हुन्छ, त्यो समाज तनाव, व्यभिचार र भ्रष्टाचारबाट मुक्त हुने बताए । केबल अदालत र प्रहरी प्रशासनले मात्र विकृति र विसंगति नरोक्ने बताउँदै उहाँले आध्यात्मिक शिक्षाबाट समाज परिवर्तन भई शान्त, समृद्ध र सभ्य हुने बताए ।

कार्यक्रममा मुख्यालय माउन्ट आबू भारतबाट आउनुभएकी वरिष्ठ राजयोग प्रशिक्षक, शिक्षा प्रभागका उपाध्यक्ष राजयोगिनी शिलु दिदीले हजारौं जनमानसको उपस्थिति देखेर यो केन्द्र निर्माण कार्य छिटै सम्पन्न हुने विश्वास व्यक्त गर्दै अनेकौ आत्माले यहाँ आएर परमात्मासँग सम्बन्ध जोडेर शान्तिको अनुभूति गर्ने बताईन् ।
त्यस्तै, संस्थाका सह निर्देशक राजयोगिनी कमला दिदीले सारा विश्वलाई सुखमय र शान्त बनाउने अभियान अन्तर्गतको यो परियोजना सबैको तन, मन र धनको लागतबाट सम्पन्न हुने विश्वास व्यक्त गरिन् ।
संस्थाका उप निर्देशक राजयोगिनी दुर्गा दिदीले चारैतिर तनावले ग्रसित मानव मनका लागि यो केन्द्र एउटा अस्पताल मात्र नभएर सबैको चेतनारुपी ब्याट्री चार्ज गर्ने पावरहाउस र मूल्य र गुणहरुको श्रृंगार गर्ने व्युटी पार्लर पनि हुने बताईन् ।

कार्यक्रमको उद्येश्यमाथि प्रकाश पार्दै संस्थाका नेपाल महासचिव राजयोगी शैलेषराज बरालले दिव्य शान्ति अनुभूति केन्द्र एउटा आध्यात्मिक प्रशिक्षण केन्द्र मात्र नभएर गण्डकी प्रदेशकै पर्यटकीय आकर्षणको केन्द्र बनेर यसले भौतिक पूर्वाधारको जगका साथै सत्चरित्रको जग बसाल्न अहम् भूमिका खेल्ने कुरा बताए ।
कार्यक्रममा माननीय आन्तरिक मामिला एवं कानून मन्त्री हरिबहादुर चुमान, माननीय सांसदहरु राजिब पहारी र मीना गुरुङ, संस्थाका सल्लाहकार राजयोगी दिपेन्द्र अधिकारी लगायतले शुभकामना दिए ।
संस्थाका निर्देशक राजयोगिनी ब्रह्माकुमारी परिणीता दिदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शिला अनावरण, शिव ध्वजारोहण, देवी नृत्य, भजन लगायतका प्रस्तुतिहरु रहेका थियो । करिब ३००० जनाको उपस्थिति रहेको कार्यक्रमको सन्चालन राजयोगी ब्र.कु. शिशिर रेग्मीले गरेका थिए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो