काठमाडौँ, २५ पुस — नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा पार्टी प्रवक्तामा नियुक्त भएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार शर्मालाई प्रवक्तामा नियुक्त गरेका उनको सचिवालयले जानकारी दिएको छ। संसदीय निर्वाचनमा कांग्रेसको पराजयपछि केही युवा नेताहरुले नेतृत्व परिवर्तनको माग राखेर महासमिति बैठक बोलाइरहेका बेला देउवाले शर्मालाई प्रवक्ता बनाएका हुन्।
१३ औं महाधिवेशन भएको लामो समयसम्म देउवाले लामो समयसम्म प्रवक्ता मनोनित गरेका थिएनन् । हालै निर्वाचनमा उनी माओवादीका राम कार्कीसँग पराजित भएका थिए । पछिल्लो समय अर्का युवा नेता गगन थापालाई पार्टी प्रवक्ता मनोनित गर्न लागिएको चर्चा पनि आयो । गैरकाँग्रेसले समेत मन पराउने क्षमतावान शर्मा पराजित भएका कारण पनि उनलाइ यो जिम्मेवारी दिएको बताईन्छ ।
पार्टी प्रवक्ता नियुक्तिपछि शर्माले पार्टीलाई बदल्ने आफूले हरेक कोणबाट प्रयास गर्ने बताए । झापाका युवा नेता शर्मा प्रखर वक्ता मानिन्छन् । हाईस्कुल पढ्दापढ्दै नेविसंघबाट शर्माले राजनीति सुरु गरेका थिए।
उनी ८ कक्षा पढ्दापढ्दै झापास्थित धुलाबरी स्कुलको स्ववियू सभापति, ०४३ सालमा मेची बहुमुखी क्याम्पसका सभापति हुँदै नेपाल विद्यार्थी संघको महामन्त्री, अध्यक्ष हुँदै कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै