पोखरा । नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघ गण्डकी प्रदेशको नयाँ नेतृत्वमा सञ्जयकान्त सिग्देलको प्यानलको वर्चश्व भएको छ । अध्यक्षमा सिग्देलसहित प्राय: पदाधिकारी र सदस्यमा उनको प्यानल विजयी भएको हो । शनिबार पोखरामा सम्पन्न २५औं साधारणसभा तथा ११औं अधिवेशनमा भएको निर्वाचनका क्रममा सिग्देलले अर्का उम्मेदवार झवी अधिकारीलाई २० मतले पछाडि पारे । सिग्देलले ९० मत प्राप्त गर्दा अधिकारीको पक्षमा ७० मत खसेको छ ।
व्यवसायीको माया प्राप्त गरी विजयी हुन पाउँदा खुसी लागेको बताउँदै सिग्देलले सम्पूर्ण व्यवसायीलाई समेटेर अगाडि बढ्ने प्रतिक्रिया दिए । पोखरा पर्यटन बसपार्कलाई प्राथमिकता दिने उनको प्रतिबद्धता छ । ‘यो जित व्यवसायीको हो,’ उनले भने ।
सबैभन्दा बढी मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा हरिराम अधिकारी बिजयी भएका छन् । १ सय ८ मत ल्याउर विजयी हुन पाउँदा निकै खुसी लागेको अधिकारीले बताए । अर्का प्रतिस्पर्धी सुवास भण्डारीले ५१ मत ल्याएका छन् ।
द्वितीय उपाध्यक्षमा किशोर दाहाल विजयी भएका छन् उनले १०० मत ल्याउँदा प्रतिस्पर्धी नेत्रपाणि भण्डारी (बाबुराम) ले ६१ मत प्राप्त गरेका छन् । महासचिवमा कमला गिरी विजयी बनिन् । उनको पक्षमा ८७ मत खस्दा कुलचन्द्र शर्माले ७५ मत प्राप्त गरे ।
सचिवमा संगीता पौडेल विजयी भएकी छन् । उनको पक्षमा ८७ मत प्राप्त भएको छ भने प्रतिस्पर्धी चेतन कार्कीले ७६ मत प्राप्त गरे । कोषाध्यक्षमा राजेश पहारीले ८४ मत ल्याएर विजयी भए भने प्रतिस्पर्धी विश्वराज आचार्यले ७४ मत प्राप्त गरेका छन् ।
सहकोषाध्यक्षमा नवराज भण्डारीले ७८ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी प्रदीप काफ्लेले ७४ मत प्राप्त गरे । सदस्यमा सुवाष पहारी (११३ मत), ताराप्रसाद गौतम (१०४ मत), सन्दिप श्रेष्ठ (१०० मत), सुशीला सिग्देल (८६ मत), खिम बहादु नेपाल (८० मत) विजयी भएका छन् ।
सहकोषाध्यक्ष नवराज भण्डारी, सदस्य सुशील सिग्देल र खिमबहादुर नेपाली मात्रै झवी अधिकारीको प्यानलबाट विजयी भएका हुन् । १५ सदस्यीय समितिमा २ जना सदस्यलाई अध्यक्षले मनोनित गर्ने विधानमा व्यवस्था छ । नाट्टामा १ सय ८१ जना सदस्य छन् । अधिवेशनको उद्घाटन पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले गरेका थिए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो