तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषधसहित दमौलीबाट लागुऔषध कारोबारी पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका वडा नं. २ बस्ने ३२ वर्षीय सन्तोष भुषाल रहेको प्रहरीले जनाएको छ ।
तनहुँको व्यास नगरपालिका वडा नं. २ डाङ्ग्रेखोल्सी बस्ने वर्ष ३२ को सन्तोष भुषालले लागुऔषध कारोबार गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
भुषालको कोठामा जादा शंकित अवस्थामा रहेकाले उनलाई नियन्त्रणमा लिई तत्काल भुषालको शरिर तथा उक्त घरकोठाहरु खानतलासी लिंदा कोठामा राखेको स्पीकर भित्र लुकाई राखेको अवस्थामा लागुऔषध फेला पारेको प्रहरीले जनाएको छ ।
पत्रिकाले बेरी प्याकेट बनाई लुकाई राखेको अवस्थाको २ एमएलको तरल पदार्थ सहितको कारोबारीको कोठाबाट २ एमएलको तरल पदार्थसहित डाइजेपाम १४३, फेनेरागन १४३ र नुफिन १४३ गरी ४२९ थान लागुऔषध, २० हजार रुपैयाँ नगद सहित सामसुम ग्यालेक्सी नोट ८ मोवाईल सेट १ थान बरामद गरिएको प्रहरीले बताएको छ ।
व्यास नगरपालिका अन्तर्गत दमौली बजारमा ठुलो परिमाणमा लागुऔषध कारोबार हुने गरेको भन्ने गोप्य सुचनाको आधारमा उक्त लागुऔषध कारोबार गर्ने व्यक्तीहरुको खोजतलास गर्दै जाँदा गत शुक्रबार बेलुकी ६ बजेको समयमा प्रहरीले पक्राउ गरेको हो ।
उक्त लागुऔषध बरामद गरी भुषाललाई पक्राउ गरी लागुऔषध मुद्धामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी लिलाराज लामिछानेले बताए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ