पोखरा । भूपू गोरखा सैनिक र उनीहरूका परिवारले पोखरास्थित ब्रिटिश क्याम्प अगाडि धर्ना दिएका छन् । उनीहरू विभिन्न माग राखेर मंगलबार विहानैदेखि ब्यानर, प्लेकार्ड सहित धर्नामा बसेका हुन ।
समान पेन्सन, क्षतिपुर्ती लगायतका माग राखेर आन्दोलनरत भूपू गोर्खा सैनिकहरूले बेलायतका सेनाध्यक्ष आर्मी चिफ अफ जनरल स्टाफ मार्क कार्लटन स्मिथसम्म आफ्नो माग पुर्याउन धर्ना दिएका हुन । गत शनिबार काठमाडौं आइपुगेका सेनाध्यक्ष स्थिम यतिबेला पोखरामा छन् ।
बेलायती सेनामा भर्तीका भएका ४४३ जनालाई कसम खुवाउने कार्यक्रममा सहभागी हुन स्मिथ पोखरा गएका हुन । उनीहरूलाई कसम खुवाउने कार्यक्रम छ ।
१५ मार्चभित्र वार्ता कमिटी बनाउन माग
परराष्ट्र मन्त्रालयले गत हप्ता त्रिपक्षीय सन्धि पुनरावलोकन र भूपू गोर्खाहरूको समस्याबारे वार्ताको प्रस्ताव गरेर पत्र पठाएको छ ।
काठमाडौंस्थित ब्रिटिश राजदुतावासमार्फत पठाइएको पत्रमा सन् २००७ देखि बेलायती सेनामा भर्ती भएकाहरूले समान तलब र पेन्सन उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरिएको छ ।
तर अझै पनि भूतपूर्व गोर्खाका कतिपय गुनासा समानता, न्याय र निष्पक्ष सम्बोधन आवश्यक रहेको पत्रमा उल्लेख छ ।
नेपाल सरकारले पत्र पठाइसकेको सन्दर्भमा अब बेलायत सरकारले आफ्नो दायित्व पुरा गर्नुपर्ने धर्नाकारीको माग छ । उनीहरूले १५ मार्च भित्र वार्ता कमिटी गठन गरेर आफ्ना गुनासाहरू सम्बोधन गर्न माग गरेका छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन