तनहुँ । तनहुँको व्यास १२ कमलबारीमा दुई बस ठोक्किदा दुर्घटना भएको छ । दमौलिबाट मुग्लिङ्ग तर्फ जादै गरेको ना ७ ख २०६ नम्बरको बस र डुम्रेबाट दमौली आउदै गरेको ना ५ ख २८५६ नम्बरको बस एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परि दुई बसको ४३ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पृथ्वी राजमार्गमा भएको उक्त दुर्घटना घाइते भएकाहरुको दमौलि स्थित रत्नहरि अस्पतालमा २२ जना, एपोलो अस्पतालमा १३ र दमौली अस्पतालमा ३ जनाको उपचार भईरहेको प्रहरीले जनाएको छ ।
ना ५ ख २८५६ नम्बरको बस चालक भरतपुर उपनगरपालिका १४ का ४६ वर्षीय ढकमणि महतो सहित ५ गम्भीर घाइतेलाई पोखरा र चितवन रिफर गरिएको छ ।
३ जना घाइतेलाई चितवन मेडिकल कलेज र २ जनालाई पोखरा स्थित मणिपाल अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
अहिले एकतर्फी सडक संचालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सडकमा भएको दुर्घटनाग्रस्त सवारी हटाउने काम भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँमा प्रमुख एसपी विनोद सिलवालले बताए ।
शनिबार मात्रै सोहि स्थानमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको थियो । मृत्यु हुनेमा व्यास-१२ को देउराली खानीगैह्राकी ५५ वर्षीय विष्णुमाया घर्ती रहेकी छन् ।
सम्बन्धित खबर
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्यो नयाँ पर्यटन अभियान
२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
फेवातालमा बेपत्ता युवकको शव फेला
स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै
वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा
स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्