फेवातालमा डुबेका लुइँटेलको शव यसरी निकालियो (भिडियो)

फेवातालमा डुबेका लुइँटेलको शव यसरी निकालियो (भिडियो)

sumit

पोखरा । पोखराको फेवातालमा सोमबारदेखि डुबेका काठमाण्डौका युवकको शव मंगलबार मात्र किाल्यो । काठमाण्डौ-१० कपनका २७ बर्षीय सुमित भनिने रामशरण लुइँटेललाई दिउँसो ३ बजेतिर गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट खटिएको गोताखर सहितको उद्दार टोलीले मृत निकालेको हो ।

तालको खपौदी क्षेत्रमा ४० फिट गहिरो क्षेत्रबाट लुइँटेलको शव निकालिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी यादव ढकालले जनाएका छन् । सोमबार दिउँसो करिब साढे १ बजेतिर लुइटेल डुबेका थिए । काठमाण्डौबाट सोमबार बिहान पोखरा आएका ४ जनाको टोलीमध्ये ३ जना लाइफ ज्याकेट नै नलगाई डुंगा भाडामा लिएर तालमा शेयरका लागि निस्केका थिए । एक जना भने गएनन् । डुंगामा पानी भरिँदै गएपछि डुंगा डुबेको र तत्काल दुई जनाको उद्धार भएको प्रहरीले जनाएको छ ।

काठमाण्डौ कपन बस्ने २७ बर्षीय सुविन चालिसे र २८ बर्षीय रुपेश अधिकारीको सकुशल उद्दार भएको थियो ।

यस्तो दुःखद घटनाको कारण असावधानी नै हो । लाइफ ज्याकेट नलगाउँदा तालमा डुेबका धेरैलाई बचाउन सकिएको छैन । प्रत्येक वर्ष यस्ता घटना दोहोरिरहेका छन् । नजिकै एक रेष्टुरेन्ट सञ्चालकले त युवाको समूहले रक्सी पनि खाएको बताएका छन् । यसरी लापरवाहीले आफ्नै ज्यान जोखिममा पर्दछ । मृतकको एक वर्ष अघि मात्रै बिहे भएको र भर्खरै जन्मिएकी छोरी पनि रहेको बुझिएको छ ।

भिडियोः मेरो साथी टिभीबाट ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ