एक वर्षअघि १५ फागुनमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पोखराको नामुनाबोटस्थित शहीद पार्कमा निर्माण गरिएको शालिकको अनावरण गरिएको छ ।
नेपाली राजनीतिमा लोकप्रिय युवा नेताको छवि बनाउन सफल अधिकारीको निधन भएको प्रथम वार्षिक पुण्यतिथिका अवसरमा पोखरा महानगरपालिका–१८ जामुनाबोटमा निर्माण गरिएको सहिद पार्कमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अनावरण गरेका हुन् ।

शालिक अनावरण समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिक मामिला तथा योजना मन्त्री हरिबहादुर चुमान, रबिन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी लगायतको उपस्थिति रहेको थियो ।
सुर्खेतका कलाकार तिलबिर सुनार सेन्चुरीले तयार पारेको स्वर्गीय अधिकारीको पूर्ण कदको रंगीन शालिकमा अन्य सहभागीहरुले पनि माला अर्पण गरेका थिए । स्वर्गीय अधिकारीको शालिक सेन्चुरीले ६ महिना लगाएर तयार पारेका हुन् । कलाकार सेन्चुरीले शालिकको माथिपट्टी भागमा हेलिकप्टरको डमी समेत कोरेका छन् । कलाकार सेन्चुरीलाई शालिक अनावरण कार्यक्रममा सम्मान गरिएको छ ।
प्रमुख अतिथि एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले स्वर्गीय अधिकारीले छोडेका सपनाहरुलाई पछ्याउँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले स्वर्गीय रबिन्द्र अधिकारीले देखेको विकास र समृद्धीको सपनालाई साकार पार्न प्रदेश सरकार लागि गर्ने बताए ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरामा मुख्य चोकहरुमा रहेका शालिकलाई व्यवस्थापन गर्न शहीद पार्कको निर्माण गरेर शहीदका शालिकहरु एउटै ठाउँमा स्थापना गर्ने अभियान अगाडि बढाएको बताए ।

निर्माणधीन शहीद पार्क आउँदो आर्थिक वर्षमा तयार पारि सक्ने उनले बताए । सहिद पार्कमा कफी सप र सेमिनार हल पनि थपेर पर्यटकीय गन्तव्य बनाउँन तर्फ महानगर लागि परेको प्रमुख जिसीले बताए ।
शहीदपार्कमा स्वर्गीय रबिन्द्र अधिकारीसहित राष्ट्र एकीकरणका अभियन्ता पृथ्वीनारायण शाह र अन्य १८ शहीदका शालिक निर्माण भइरहेका छन् ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो