तनहुँ । होमस्टेबाट गण्डकी प्रदेश समृद्धिको यात्रामा अघि बढिरहेको गण्डकी प्रदेशका पर्यटन, उद्योग, बन तथा वातावरणमन्त्री विकास लम्सालले बताए ।
शुक्रबार भानु ९ चितीखोला स्थित ग्रिनहिल भिलेज सामुदायिक होमस्टेको उद्घाटन गर्दै मन्त्री लम्सालले सो कुरा बताएका हुन ।
‘होमस्टेबाट गण्डकी प्रदेश समृद्धिको यात्रामा छ ।’ मन्त्री लम्सालले भने ‘समृद्ध नेपाल र सुखी नेपाली हुनका लागी जनता आर्थिक रुपमा सक्षम हुनुपर्छ ।’
होमस्टेले गर्दा गाउँ-गाउँ सामुदायिक भवन, भ्यु टावर, बाटा, चौतारी, गुफाको संरक्षण लगाएतका काम भएको मन्त्री लम्सालले बताए ।
‘लोप हुँदै गएको मौलिक कला र संस्कृतिको जगेर्ना हुँदै गएको छ ।’ मन्त्री लम्सालले भने ‘ स्थानीय युवा अहिले आफ्नै ठाउँ बस्न समेत थालेका छ्न ।’ ग्रामीण क्षेत्रको विकास संगै संस्कृति र प्राकृतिक स्रोत साधनको समेत संरक्षणमा होमस्टेले सहयोग पुर्याएको मन्त्री लम्साल बताउँछन् ।
‘होमस्टेबाट गण्डकी प्रदेश समृद्धिको यात्रामा छ ।’ मन्त्री लम्सालले भने ‘समृद्ध नेपाल र सुखी नेपाली हुनका लागी जनता आर्थिक रुपमा सक्षम हुनुपर्छ ।’
नेपाल प्रकृतिले दिएको स्वर्गको टुक्रा भएको मन्त्री लम्सालले बताए । ‘श्रमको सम्मान गरि ग्रामीण क्षेत्रमा काम गरे मात्रै समृद्धिको यात्रा सफल हुन्छ ।’ उनले थपे ‘अनि मात्रै युवा विदेश पलायन हुन पर्दैन, यहीँ कमाउने र यहीँ नै रमाउने सपना साकार हुन्छ ।’
गण्डकी प्रदेशका जुन होमस्टेले ७५ प्रतिशत अर्गानिक खानेकुरा पाहुनालाई खुवाउछ त्यही होमस्टेले मात्रै अनुदान पाउने मन्त्री लम्सालले बताए । ‘गण्डकी प्रदेश अहिलेको वर्ष पर्यटन प्रवर्द्धनमा लागेको छ ।’ मन्त्री लम्सालले भने ‘अब प्रदेश सरकार उद्योग संचालन तर्फ अघि बढ्छ ।’
तनहुँमा अहिले ४४ वटा होमस्टे संचालन भईरहेको डिभिजन बन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । भानु नगरपालिका भित्र मात्रै ८ वटा होमस्टे संचालनमा रहेको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ