विराटनगर । जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी कारागार चलान भएका छन् । उच्च अदालत विराटनगरको आदेशपछि फरार भएका गिरी मंगलबार सुनसरी अदालतमा हाजिर भएका हुन् ।
हाजिर भएलगतै गिरीलाई उच्च अदालतको आदेश कार्यान्यनका लागि थुनुवा पूर्जी थमाएर क्षेत्रीय कारागार झुम्कामा पठाइएको जिल्ला अदालत सुनसरा निमित्त श्रेस्तेदार निधीराम दाहालले जानकारी दिए ।
उनका अनुसार गिरीले आफू भारतमा उपचारका लागि गएको र फर्कने क्रममा उच्च अदालतको आदेशको बारेमा जानकारी भएपछि अदालतमा हाजिर भएको निवेदनमा उल्लेख गरेका छन् ।
गिरीमाथि कात्तिक ४ गते राति महिला अनुयायीलाई आफ्नै कोठासँगै रहेको बैठक कक्षमा बोलाएर करणी गरेको आरोप छ । काठमाडौं बस्दै आएकी महिला अनुयायीले उजुरी गरेपछि गिरी मंसिर दोस्रो साता पक्राउ परेका थिए ।
पक्राउ पछि गिरीले प्रहरीको हिरासतमा बस्नुपर्ने समय अवधी विराट नर्सिङहोमबाट नै कटाए । पक्राउ पर्नुअघि नर्सिङहोम भर्ना भएका गिरी जिल्ला अदालत सुनसरीको आदेशको पुस १४ गतेको आदेशपछि तीन लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।
गिरीलाई कारागारको ब्लक ए मा राखिएको छ । कारागार चलान हुने क्रममा हिड्न नमानेका गिरीलाई गाडीमै ब्लक ए सम्म पुर्याइएको थियो ।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन