विराटनगर । जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी कारागार चलान भएका छन् । उच्च अदालत विराटनगरको आदेशपछि फरार भएका गिरी मंगलबार सुनसरी अदालतमा हाजिर भएका हुन् ।
हाजिर भएलगतै गिरीलाई उच्च अदालतको आदेश कार्यान्यनका लागि थुनुवा पूर्जी थमाएर क्षेत्रीय कारागार झुम्कामा पठाइएको जिल्ला अदालत सुनसरा निमित्त श्रेस्तेदार निधीराम दाहालले जानकारी दिए ।
उनका अनुसार गिरीले आफू भारतमा उपचारका लागि गएको र फर्कने क्रममा उच्च अदालतको आदेशको बारेमा जानकारी भएपछि अदालतमा हाजिर भएको निवेदनमा उल्लेख गरेका छन् ।
गिरीमाथि कात्तिक ४ गते राति महिला अनुयायीलाई आफ्नै कोठासँगै रहेको बैठक कक्षमा बोलाएर करणी गरेको आरोप छ । काठमाडौं बस्दै आएकी महिला अनुयायीले उजुरी गरेपछि गिरी मंसिर दोस्रो साता पक्राउ परेका थिए ।
पक्राउ पछि गिरीले प्रहरीको हिरासतमा बस्नुपर्ने समय अवधी विराट नर्सिङहोमबाट नै कटाए । पक्राउ पर्नुअघि नर्सिङहोम भर्ना भएका गिरी जिल्ला अदालत सुनसरीको आदेशको पुस १४ गतेको आदेशपछि तीन लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।
गिरीलाई कारागारको ब्लक ए मा राखिएको छ । कारागार चलान हुने क्रममा हिड्न नमानेका गिरीलाई गाडीमै ब्लक ए सम्म पुर्याइएको थियो ।
सम्बन्धित खबर
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीयः प्रदेश प्रमुख भट्ट
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर