पोखरामा बिहीबारदेखि शुरु हुने १८ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । चैत १ गतेसम्म पोखरा रंगशालामा संचालन हुने प्रतियोगिताको तयारी पूरा भएको सहारा क्लबले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।
बिहीबारको उद्घाटन खेलमा आयोजक सहारा क्लबसंग ब्रिगेड ब्वाइज क्लब विच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष केशव बहादुर थापाले बताए । प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन रुसलान थ्रिस्टार क्लब सहित १० टिमको सहभागिता रहने क्लबले जनाएको छ । आयोजक सहाराको टिम यसपाली पनि दुई विदेशीसहित अधिकांश पोखरेली खेलाडीहरु समावेस गरिएको अध्यक्ष थापाले जनाए ।
क्लबले खेल तालिका समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो । उद्घाटन खेलको विजेताले समुह ए कै विभागिय टिम नेपाल पुलिससंग सामना गर्नेछ । फागुन २३ गते समुह बी तर्फ सशस्त्र प्रहरी बलको एपिएफ विरुद्ध झापा-११ फुटबल क्लब विच खेल हुनेछ । यस खेलको विजेताले मनाङ मस्र्याङदी क्लबसंग क्वाटरफाइनल खेलमा फागुन २५ गते प्रतिस्पर्धा गर्नेछ । समुह बीकै संकटा क्लब विरुद्ध त्रिभुवन आर्मी क्लब विच फागुन २७ गते प्रतिस्पर्धा हुनेछ । त्यसैगरी समुह ए तर्फ भारतको गान्टोक सिटी फुटबल क्लबसंग थ्रि-स्टार क्लब बिच फागुन २६ गते प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको पुरस्कार राशीमा यस बर्ष वृद्धि गरिएको छ । पुरस्कार राषिमा वृद्धि गरी प्रतियोगिताका विजेतालाई ३ लाख नगद पुरस्कार वृद्धि गरी १० लाख एक हजार रुपैया साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिने अध्यक्ष थापाले बताए । त्यसैगरी उपविजेतालाई एक लाख ५० हजार वृद्धि गरी ५ लाख १ हजार रुपैया साथमा ट्रफि मेडल र प्रमाणपत्र वितरण गनिरे भएको छ ।
यसअघि, प्रतियोगिताका बिजेताले ७ लाख एक हजार र उपविजेताले ३ लाख ५० हजार रुपैया प्राप्त गरेका थिए । प्रतियोगिता सम्पन्न गर्न ९९ लाख ३८ हजार ५ सय रुपैया खर्च हुने क्लबले जनाएको छ । प्रतियोगिताबाट एक करोड १८ लाख १ हजार रुपैया आम्दानी गर्ने लक्ष्य राखिएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताए । उनका अनुसार प्रतियोगिताबाट बचत हुने १९ लाख रुपैया सहारा एकेडेमीको लागि खर्चिने भएको छ ।
खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने उद्धेश्यका साथ आयोजना हुने प्रतियोगितालाई हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने भएको हो । सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबाट यस बर्ष सुजल श्रेष्ठलाई सम्मान गरिने भएको छ ।
तस्विरः सुदर्शन रञ्जित
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन