हरि बास्तोला, रासस । पाँच दशकअघि स्थापना गरी सञ्चालनमा आएको कास्की कारागारमा यतिखेर क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेका छन् । पोखरामा रहेको कास्की कारागारमा ४ सय २० जनाको क्षमता भए पनि हाल विभिन्न प्रकृतिका मुद्दाका ८ सय ४७ जना कैदीबन्दी रहँदा उनीहरुलाई असहज भएको छ ।
जिल्ला कारागार कास्कीका प्रमुख गणेश गौतमका अनुसार कारागारमा विभिन्न २६ प्रकृतिका मुद्दामा एक आश्रित नाबालकसहित ६० महिला र ७ सय ८६ पुरुष रहेका छन् । तीमध्ये थुनुवा महिला २२, कैदी महिला ३८ तथा थुनुवा पुरुष २ सय ३६ र कैदी पुरुष ५ सय ५० रहेका छन् ।कारागारले विभिन्न तीनवटा ब्लक छुट्याएकामा ‘क’ र ‘ख’ ब्लकमा क्रमशः ३ सय १७ र ४ सय ११ जना रहेका छन् भने महिला ब्लकमा ६० जना कैदीबन्दीको सङ्ख्या रहेको उनले जानकारी दिए । ‘क’ ब्लकमा १८ र ‘ख’ ब्लकमा १९ वटा कोठासहित १० तथा १२ वटा शौचालय, पुस्तकालय, क्यान्टिन आदि रहेका छन् । कारागारभित्रै फलफूल तथा चनाचट्पटे पसल, सैलुन, मुढा बुन्ने स्थान, मासु पसल, कपडा सिलाउने ठाउँ, पोत तथा पर्स बुन्ने ठाउँ छन् ।
कारागारका ‘क’ र ‘ख’ ब्लकमा पुस्तकालय रहेकामा ‘क’ मा एक हजार ५३० पुस्तक छन् भने ‘ख’ माएक हजार ५ सय पुस्तक रहेको प्रशासनले जनाएको छ । गौतमका अनुसार कैदीलाई दैनिक रु ६० सिधा तथा नेपाल खाद्य संस्थाले प्रतिकेजी रु ५०.५२ मा ७ सय ग्राम सोना मनसुली चाम उपलब्ध गराउनाका साथै सरकारले प्रत्येक वर्ष बन्दीको स्वास्थ्य उपचारका लागि रु १२ लाख विनियोजन गर्दै आएको छ ।
कैदीबन्दीका अनुसारको पूर्वाधारको व्यवस्था नभएको बताउँदै उनले पूर्वाधार विकासमा जोड दिनुपर्ने आवश्यकता औँल्याए । पूर्वाधारकै अभावमा कैदीबन्दीको श्रम सीपलाई उचित उपयोग गर्न नसकिएको बताउँदै उनले उनीहरुले उत्पादन गर्ने मुढा, झोला तथा भाङ्ग्राले श्रम अनुसारको मूल्य पाउन नसकेको बताए ।
कैदीबन्दीको सङ्ख्यामा प्रत्येक वर्ष वृद्धि हुँदै गएको बताउँदै उनीहरुको व्यवस्थापनका लागि तीनदेखि पाँच सय रोपनी जग्गा आवश्यक रहेको उनको भनाइ छ । कारागारमा हाल एक दर्जन ज्येष्ठ नागरिकसमेत रहेका छन् । यस बीचमा महिला ब्लकमा विद्युत् वायरिङ, भान्छा कोठा निर्माण, तत्काल ध्यान प्रशासनिक भवन नहुँदा जस्ताको छानामुनि सामान्य ट्रस्ट निर्माण गरिएको छ । कारागारभित्रै कतिपयले उद्यमशीलताका माध्यमबाट आयआर्जनमा समेत जोडिएको जानकारी दिँदै उनले मुढा बुन्ने, कपडा सिलाउने, फलफूल तथा चनाचट्पट बेच्ने आदि गरेर आम्दानी गरिरहेको बताए ।
सुरक्षाकर्मी बस्नका लागि आवास तथा अन्य पूर्वाधार (शौचालय, धारा) आदिको समस्या रहँदै आएको उनको भनाइ छ । कारागार प्रशासनले कैदीबन्दीको स्वास्थ्यमा पनि ध्यान दिएको बताउँदै उनले यही वर्ष भदौ २३ गते हिमालय आँखा अस्पतालको सहकार्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको बताए । प्रशासनले प्रारम्भिक बालविकास केन्द्रको सहकार्यमा गत भदौ १ गतेदेखि प्रौढ शिक्षा सञ्चालन गर्दै आएको छ । कारागारमा सबैभन्दा बढी जबर्जस्तीकरणी मुद्दामा ११ विदेशीसहित २ सय २८ रहेका छन् ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु