गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौं । नेपालमा हालसम्म कोरोना भाइरस फेला परेको छैन भनेर हामी ढुक्क भएर बसिरहेका छौं । नेपालमा फेला नपरे पनि यहाँको भ्रमण गरेर स्पेन पुगेका एक पर्यटकको कोरोना संक्रमणकै कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भ्यालेन्सियाको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै डेलीमेलले जनाएअनुसार, नेपाल भ्रमणबाट फर्किएका ती पर्यटकको सिटी अस्पतालमा उपचारका क्रममा गत फेब्रुअरी १३ मा निधन भएको हो । कोरोनाका कारण ज्यान गुमाउने ती व्यक्तिबारे विस्तृत केही बताइएको छैन ।
कोरोनाभाइरस संक्रमणका कारण स्पेनमा ज्यान गएको यो पहिलो घटना हो । त्यहाँस्थित क्षेत्रीय स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै डेलीमेलले स्पेनमा हालसम्म १९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको जनाएको छ । यसअघि, १७ जनामा कोरोनाको लक्षण देखिएकोमा थप २ जनामा पनि संक्रमण भेटिएको हो ।
सम्बन्धित खबर
डीभीको रिजल्ट आयो, यसरी हेर्न सकिन्छ नतिजा
अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी हेर्न सकिन्छ
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
पोखराका राजु आचार्यलाई ५० हजार पाउन्डको ह्विट्ली पुरस्कार
रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा सम्पर्कविहीन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग