गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
२७ पुस, काठमाडौं । सामान्य प्रशासनमन्त्री हुँदा कर्मचारी प्रशासनभित्रको विकृति हटाउने प्रयास गरेर चर्चामा आएका लालबाबु पण्डित बिहीबार सखारै हातमा झाडू लिएर तीनकुनेमा झुल्किए । एकछिनमा उनलाई साथ दिनेहरु थपिए ।
हातमा झाडू र फोहोर हाल्ने टोकरी बोकेको यो समूहले बिहानभर सडक सफा गर्दै हिँड्यो । क्लिन काठमाडौं अभियान अन्तरगत कोटेश्वरदेखि माइतीघर मण्डलासम्मका सडक बिहीबार बिहान सफा गरिएको छ ।
‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ अभियान सुरू भएकाे हाे । अभियानमा एमाले नेता लालबाबु पण्डित, काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीका साथै विद्यार्थी, सुरक्षाकर्मी लगायतले सहभागिता जनाएका छन् ।
कार्यक्रम आयोजकका बारेमा कुरा गर्दै एमाले सांसद पण्डितले भने,- ‘एक जना १७/१८ वर्षका युवा रहेछन् । उनको नेतृत्वमा रहेको क्लिन काष्ठमान्डप भन्ने संस्थाले सरसफाई कार्यक्रममा मलाई आमन्त्रण गरेको थियो । त्यसैले सरसफाई कार्यक्रममा पुगेको हुँ ।’
‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नारासहित युवाले सुरु गरेको अभियानलाई आफूले साथ दिएको पण्डितले बताए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु