२७ पुस । पृथ्वी नारायण शाहको जन्म दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दियो । सिंहदरबार पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा आज माल्यार्पण गरियो ।
तर अर्को तर्फ पृथ्वी नारायण शाहले आदिवासी जनजातिको सत्ता खोसेको भन्दै यसको विरोधमा रहदै आएका आदिवासी जनजाति आन्दोलनकर्मीले भने पृथ्वीनारायण शाहलाई थुकेका छन् ।
https://www.facebook.com/gandaknews/videos/764247583767496/
कीर्तिपुरमा रहेको प्रतिमामा आङकाजी शेर्पा सहितका अन्य नेताहरुले थुकेर कार्यक्रम गरेका हुन् । गणतन्त्र घोषणा भएपछि पहिलो पटक बिहीबार पृथ्वी जयन्ती राज्यले मनाइ रहदा यता आदिवासी जनजाति महासंघ सम्बद्ध जनजातीहरुले पृथ्वीनारायण शाहको नाममा थुकेर बिरोध जनाएका हुन् ।
आदिवासी अभियन्ता मानिने शेर्पाले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत पृथ्वीनारायण शाहलाई डेढ कराेड आदिवासीले थुकेको बताएका छन् ।

नेपाल एकीकरण गर्दा कीर्तिपुरमा सयौंको कान र नाक काटेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले कीर्तिपुरस्थित छ्याक: ल्वहं (छ्याके ढुंगा) मा विरोधस्वरुप थुक्ने गर्दछन् ।
बिहीबार नेपा: प्रदेशमा आदिवासी जनजाति अभियान, नेवा: जागरण मञ्च र नेपा: युथ अर्गनाइजेसनको पहलमा विरोध प्रदर्शन गरेका थिए । ‘राज्यले राष्ट्रिय एकता दिवसका रुपमा मनाउने घोषणा गर्नु कीर्तिपुरवासीको अपमान हो,’अभियानका संयोजक अर्जुन महर्जनले भने, ‘ भूगोल जितेर कीर्तिपुरवासी पुर्खाको नाक, कान काटिनु जघन्य अपराधलाई हामी स्वीकार्न सक्दैनौं । राज्यले यो दिवस खारेज गर्नैपर्छ ।’
एकीकरण अभियानमा प्रयोग भएका हातहतियारलाई कीर्तिपुरस्थित बाघभैरव मन्दिरको माथिल्लो भागमा झुण्ड्याएर प्रदर्शन गरिएको छ । त्यसैगरी पृथ्वीनारायण ठेस लागेर लडेको ढुंगालाई पूजा गर्ने गरेको नेवा: पत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रीकृष्ण महर्जनले बताए ।

त्यस अवसरमा मञ्चका संयोजक सुजीव बज्रचार्य, युथका संयोजक राजाराम तन्डुकार, अधिकारकर्मी कृष्ण भट्टचन, आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याललगायतले विचार व्यक्त गरेका थिए । त्यसअघि काठमाडौं असनदेखि कीर्तिपुरसम्म मोटरसाइकल विरोध र्याली र कीर्तिपुरवासीले देवढोकादेखि जुलुस प्रदर्शन गरेका थिए ।
यता, राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको शालिकमा पुगेर माल्यार्पण गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर औपचारिक रुपमै पृथ्वी जयन्ती मनाइए।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’