१८ औं आहा ! रारा गोल्डकप: आर्मीलाई हराउँदै मनाङ फाइनलमा, पुलिससँग उपाधि भिडन्त

१८ औं आहा ! रारा गोल्डकप: आर्मीलाई हराउँदै मनाङ फाइनलमा, पुलिससँग उपाधि भिडन्त

MMC

पोखरा । पाँच पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै मनाङले पुलिससँग उपाधि भिडन्त पक्का गरेको हो । मनाङको जितमा फ्लोरेन्ट, विमल राना र अन्जन बिष्टले एक-एक गोल गरे । आर्मीका भरत खवास र दिप कुमार लामाले एक एक गोल फर्काए ।

अब मनाङले फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्ने छ । फाइनल खेल शनिबार हुनेछ ।  पहिलो सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लबलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगिसकेको छ ।

सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ