काठमाडौं । बहुचर्चित निर्भया सामूहिक बलात्कार काण्डका ४ दोषीलाई भारतमा मृत्युदण्ड दिइएको छ ।
सामूहिक बलात्कारमा संलग्न अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाइ दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान ५ः३० बजे मृत्युदण्ड दिइएको हो ।
यसअघि अदालतले फाँसी दिन दिएको आदेशविरुद्ध एक अभियुक्तले त्यहाँको सर्वोच्च अदालतमा अपिल गरेका थिए । सर्वोच्चले आममाफी दिन नसकिने फैसला गरेसँगै चारै जनालाई मृत्यु दण्ड दिइएको हो ।
के हो निर्भया प्रकरण ?
निर्भया, पीडितको वास्तविक नाम गोप्य राख्न सञ्चार माध्यमले जुराएको नाम हो । निर्भयामाथि राम सिंहले हाँकीरहेको बसमा १६ डिसेम्बर २०१२ राति सामूहिक बलात्कार भएको अदालतले ठहर गरेको छ ।
राम सिंहले २०१३ मा तिहाड जेलमा आत्महत्या गरिसकेका छन् । अदालतले दोषी ठहर गरेका मध्ये एक जनालाई अपराध भएका बेला बालिग नभएको भन्दै सुधार गृहमा पठाइएको छ ।
६ जनाको आक्रमणमा परेकी निर्भयाको २९ डिसेम्बर २०१२ मा उपचारको क्रममा सिंगापुरमा ज्यान गएको थियो । मेडिकल साइन्स पढीरहेकी निर्भयामाथिको अमानवीय घट्नापछि भारतमा यसको चर्को विरोध भयो ।
यो घट्नापछि महिला हिंसाविरुद्धको कानूनको समिक्षा गर्न व्यापक दबाव बढ्यो । त्यसपछि भारतले जस्टिस वर्मा समिति गठन गरेर त्यसैको सिफारिसको आधारमा २०१३ मा बलात्कार जस्तो अपराधमा मृत्यदण्डको सजायको व्यवस्था गरेको थियो ।
२०१३ मै घट्नाका ६ आरोपीलाई अदालतले दोषी ठहर गरेको थियो । २०१४ मा दिल्ली उच्च अदालत र २०१७ मा सर्वोच्च अदालतले पनि मृत्युदण्डको सजायलाई निरन्तरता दिने फैसला गरेका थिए । फाँसी नदिन अभियुक्तले गरेको अन्तिम अपिललाई अदालतले खारेज गरेसँगै मृत्युदण्ड दिइएको हो ।
न्याय पाइयो : परिवार
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन