पोखरा । विश्वभर महामारीको रुपमा फैलिइरहेको नोवेल कोरोना भाइरस (कोभिड—१९) को रोकथामको लागि गण्डकी प्रदेश सरकारले १५ करोड रुपैयाँको कोरोना कोष खडा गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो । गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका अनुसार कोषमा सातै मन्त्रीले एक महिनाको तलब जम्मा गर्ने छन् ।
उनका अनुसार प्रदेशसभा सदस्य, अन्य जनप्रनिनिधि, राष्ट्रसेवक कर्मचारी, नीजि क्षेत्र तथा संघ÷संस्थालाई समेत कोषमा रकम जम्मा गर्नका लागि अनुरोध गरिएको छ ।
आर्थीक मामिला तथा योजनामन्त्री किरण गुरुङको संयोजकत्वमा बनेको पाँच सदस्यीय कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन समितिले आजदेखि नै लागू हुने गरि काम अघि बढाउँने छ । समितिमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधारमन्त्री बस्नेत, सामाजिक विकासमन्त्री नरदेवी पुन र सरकारका प्रमुख सचिव हरिप्रसाद बस्याल सदस्य सामेल छन् ।
मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशका एघारै जिल्ला अस्पताललाई कोरोनाका लागि आवश्यक स्वास्थ्य सामग्री खरीद गर्न पाच लाख उपलब्ध गराइने प्रवक्ता बस्नेतले जानकारी दिए । यसअघि नै सरकारले सबै जिल्ला अस्पताललाई पाच लाख पठाई सकेको छ ।
प्रदेश सरकारले थप रकम निकासा गर्ने आजको मन्त्रिपरिषद् बैठकको निणर्य छ । राष्ट्रिय बाणिज्य बैंकमा यो कोषको रकम जम्मा हुने छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो