पोखरा । विश्वभर महामारीको रुपमा फैलिइरहेको नोवेल कोरोना भाइरस (कोभिड—१९) को रोकथामको लागि गण्डकी प्रदेश सरकारले १५ करोड रुपैयाँको कोरोना कोष खडा गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो । गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका अनुसार कोषमा सातै मन्त्रीले एक महिनाको तलब जम्मा गर्ने छन् ।
उनका अनुसार प्रदेशसभा सदस्य, अन्य जनप्रनिनिधि, राष्ट्रसेवक कर्मचारी, नीजि क्षेत्र तथा संघ÷संस्थालाई समेत कोषमा रकम जम्मा गर्नका लागि अनुरोध गरिएको छ ।
आर्थीक मामिला तथा योजनामन्त्री किरण गुरुङको संयोजकत्वमा बनेको पाँच सदस्यीय कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन समितिले आजदेखि नै लागू हुने गरि काम अघि बढाउँने छ । समितिमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधारमन्त्री बस्नेत, सामाजिक विकासमन्त्री नरदेवी पुन र सरकारका प्रमुख सचिव हरिप्रसाद बस्याल सदस्य सामेल छन् ।
मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशका एघारै जिल्ला अस्पताललाई कोरोनाका लागि आवश्यक स्वास्थ्य सामग्री खरीद गर्न पाच लाख उपलब्ध गराइने प्रवक्ता बस्नेतले जानकारी दिए । यसअघि नै सरकारले सबै जिल्ला अस्पताललाई पाच लाख पठाई सकेको छ ।
प्रदेश सरकारले थप रकम निकासा गर्ने आजको मन्त्रिपरिषद् बैठकको निणर्य छ । राष्ट्रिय बाणिज्य बैंकमा यो कोषको रकम जम्मा हुने छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’